लोकमानको विषयमा सिंहदरबार निर्वस्त्र, सिङ्गो संसद नांगिन मिल्दैन : धनराज गुरुङ

dhanraj-gurung1-1

काठमाडौं,२६ कात्तिक– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोगको प्रस्ताव पास हुनुपर्ने बताएका छन् । उनले उक्त प्रस्ताव नेपाली जनताको भएकोले कुनै पनि हालतमा उक्त प्रस्ताव पास हुनुपर्ने उनले बताएका छन् ।

उनले कार्कीको नियुक्तिको फाइल सरकारले हरायो भनेर अदालतलाई जवाफ पठाउँदै निर्बस्त्र रूपमा उत्रिएको भए पनि सिङ्गो संसद उक्त विषयमा नांगिन नहुने उनले बताए । ‘ठुला नेतालाई मुद्दा चलाउन खोज्दा महाअभियोग लगाइयो भन्ने आशंका छ तर त्यो गलत छ,’ उनले संसदमा बोल्दै भने, ‘कुनै पनि नेतालाई महा अभियोग लगाउने कुरा भएको थिएन ।’

साथै उनले लोकमानको मुद्दामा अदालतले निस्सा प्रदान गरेसँगै माओवादी लडाकु सम्बन्धित फाइल खोल्ने भनेर गरेको पत्रकार सम्मेलन समेत गलत भएको बताए । ‘अदालतले निस्सा दिएपछि पत्रकार सम्मेलन गर्नु हाँस्यास्पद थियो,’ उनले भने, ‘त्यसो भए तीन वर्षसम्म उक्त फाइल अख्तियारको दराजमा किन थन्किएको थियो त ।’ उनले कार्की अदालतलाई समेत रोक्नको लागि गलत काम गर्नको लागि अघि बढेको बताए ।

साथै उनले उक्त महाअभियोग पद दुरुपयोग गरेर मच्चाएको उद्दण्डताकोविरुद्ध रहेको समेत बताए । महाअभियोग फेल गराउनको लागि कुनै पनि तानाबाना समेत बुन्न नहुने बताए । साथै उनले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउँदैमा अख्तियार निक्कमा हुने भनेर गरिएको टिप्पणी समेत गलत रहेको बताए । ‘यदि त्यसो हो भने संविधानको धारा एक सय एक खारेज गर्दिए भयो,’ उनले भने, ‘कार्कीलाई बचाउन धेरै चलखेल भएको छ त्यो गर्नु हुँदैन ।’

यसमा तपाईको प्रतिक्रिया