मैले सय दिनमा तीन सय दिनको काम गरेः प्रधानमन्त्री दाहाल

saye-din-prachanad
काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाललले आफूले सय दिनमा तीन सय दिन बराबरको काम गरेको दाबी गरेका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको सय दिन पूरा भएको अबसरमा सरकारले गरेका काम कारवाहीबारे जानकारी दिनेक्रममा शुक्रबार अपराह्न सम्बोधन गरेका प्रधानमन्त्रीले आफूले गरेका काम तीन सय दिन बराबर रहेको दाबी गरे ।

‘आज म मन्त्रिपरिषदले सय दिनमा गरेका कामहरु प्रस्तुत गर्दैछु । मलाई लाग्छ हामीबाट सय दिनमा भएका काम गर्न तीन सय लाग्छ । यद्यपी मैले मूल्यांकन गर्ने होइन्,’ उनले भने ।

आफ्नो सरकार गठन भएपछि जनतामा सरकारप्रतिको विश्वास बढिरहेको दावी गर्दै दाहालले संविधान कार्यान्वयन, राजनीतिक संवाद सहित जनताको दैनिकी सहज गराउनका लागि सरकारले महत्वपूर्ण काम गरिएको दावी गरे ।

दाहाल साउन १९ गते संसदबाट प्रधानमन्त्री निर्वाचित भएका थिए भने २० गते पदभार गरेका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया