आज बैठक बस्दै तीन ठुला दल : भोली संविधान संशोधन प्रस्ताव मन्त्रीपरिषदमा

tin-thul-dal

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव तयार गर्नका लागी तीन ठुला दलको बैठक बोलाउने भएका छन् ।

प्रधानमन्त्री स्रोतका अनुसार संविधान संशोधन प्रस्तावको बारेमा मस्यौदा टुग्यांउन प्रचण्डले बैठक बोलाउन लागेका हुन् । तीन ठुला दलका बिचमा सहमति गरेपश्चात भोली मन्त्रीपरिषदको बैठकबाट संशोधन दर्ता गर्ने निर्णय गराउने योजनामा प्रधानमन्त्री प्रचण्ड छन् ।

संशोधन प्रस्तावमा के छ भन्ने विषय नखुले पनि सीमांकनमा भने प्रदेश नम्बर ५ लाई नवलपरासीदेखि बर्दियासम्म बनाउने र हाल उक्त प्रदेशमा रहेका पहाडी जिल्लाहरुलाई ४ र ६ नम्बर प्रदेशमा मिलाउने सरकारले प्रस्ताव गरेको छ । साथै निश्चित समय दिएर सीमांकन आयोग गठन गर्ने र त्यसलाई फराकिलो टीओआर दिने सम्भावना छ ।

अंगिकृत नागरिकताको विषयमा ५ वटा सम्माननिय पदबाहेकमा अंगिकृत नागरिकता लिएको १० वर्षपछि जान पाउने विषयमा सहमति जुट्ने सम्भावना रहेको उच्चस्रोतले बताएको छ । अन्तरिम संविधानमा ९ वटै पदमा अंगिकृत नागरिकलाई योग्य ठहर्याइएको थियो । नयाँ संविधानमा भने ९ वटै पदमा अयोग्य मानिने उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्ड सबैलाई मान्य हुने अर्थात मधेसी मोर्चा र विपक्षी दलको सहमतिमा संविधान संशोधन गर्ने पक्षमा छन् ।

संविधान संशोधनको विषयमा एमालेले बाहिर केही नबोले पनि अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्ड, देउवा लगायतका नेताहरुले एकअर्कासँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् । तीन नेताबिच सामान्य त संशोधनको विषयमा सहमति भएको छ ।

यसमा तपाईको प्रतिक्रिया