राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

दाङ कात्तीक २७  उपप्रधानमन्त्री कृष्णबहादुर महराले दलीय सहमतिका आधारमा संविधान संशोधन गरिने बताउनुभएको छ ।  प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल चलिरहेको र यो अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । अर्थमन्त्री महराले दलका नेतासँग छलफल गरेर पूरक बजेट ल्याइने जानकारी पनि दिनुभयो ।

उहाँले प्रदेश नं ५ को राजधानी दाङ हुने बताउँदै जिल्लाको विकासका लागि भालुबाङ, घोराही, तुलसीपुर हुँदै हापुरेसम्मको सडक, तलसीपुर–सुर्खेत सडकखण्ड, रोल्पा होलेरी, नारायणपुर हुँदै रिहारसम्मको सडक निर्माण तथा त्यहाँको हालको विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताउनुभयो ।

राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन कार्यालयले आयोजना गरेको अर्काे कार्यक्रममा उपप्रधानमन्त्री महराले सो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि सहयोग गरिने आश्वासन दिनुभयो

यसमा तपाईको प्रतिक्रिया