नयाँ खुलासा: मधेशवादी दलका नेताहरुले केपी ओलीलाई ढोग्ने गर्थे’

फाइल फोटो

फाइल फोटो

सिरहा, २७ कात्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेसवादी दलका नेताहरुबारे नयाँ खुलासा गरेका छन् ।

शनिबार सिरहामा आयोजित पत्रकार भट्टराईले कुनै समय मधेशवादी दलका नेताहरुले एमाले अध्यक्ष केपी ओलीलाई ढोग्ने गरेको दावी गर्दै पछिल्लो पटक के कारणले ओली र मधेशवादी दलका नेताको सम्बन्ध विग्रियो भन्ने आफूलाई थाहा नभएको बताए ।

‘मैले आफै देखेको छु कि कुनै समय मधेशवादी दलका नेताहरु ओलीलाई भेटन आउँदा खुट्टा ढोग्थे । तर, पछिल्लो समय के कारणले हो सम्बन्ध विग्रियो ? कसले परिचालन गर्यो मलाई थाहा भएन्,’ उनले भने ।

अहिले मधेशी नेता र एमाले नेताबीच चियासमोसाको सम्बन्ध शुरु भएको बताउँदै सचिव भट्टराईले सम्बन्ध सुमधुर हुँदै गएको र चाँडै नै कुरा मिल्ने विश्वास व्यक्त गरे ।

 

यसमा तपाईको प्रतिक्रिया