२३ लाख भारतीयलाई नेपाली नागरिकता दिने यस्तो छ गृहमन्त्री निधिको योजना, अचानक तराइका गाउँगाउँमा पुग्यो नागरिकता टोलि

काठमाडौं, २७ कात्तिक– नयाँ संविधान अनुसार स्थानीय निकाय, प्रदेश र संघीय संसदको निर्वाचन गर्नु पर्ने विषयमा आवाज उठिरहेका बेला सरकारले तराईका जिल्लामा घुम्ती शिविर मार्फत नागरिकता वितरण थालेको छ । अंगीकृत नागरिकताका लागि खुकुलो प्रावधानलाई उपयोग गरी ठूलो संख्यामा यस्ता नागरिकको संख्यामा बृद्धि भइरहेकै बेला सरकारले तराईका जिल्लामा नागरिकता वितरण गर्न घुम्ती टोली पठाएको हो । nidhi-nagarikata

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय मार्फत जहिलेसुकै नागरिकता पाउने ब्यवस्था भए पनि निर्वाचनअघि विवादास्पद रुपमा नागरिकता वितरण शंकास्पद बन्न पुगेको छ । अधिकृत स्तरको एकजना कर्मचारीको नेतृत्वमा गाविस र वडाका प्रतिनिधि घरदैलो डुलेर नागरिकता वितरण गर्नु पर्ने अवस्था अहिले किन आयो ? यो शंकाको घेरामा परेको छ । 

अंगीकृत नागरिकलाई पनि उच्च संबैधानिक निकायको प्रमुख बनाउनेगरी संविधान संशोधनको पक्षमा रहेका गृहमन्त्री बिमलेन्द्र निधिको योजना मुताविक नागरिकता वितरण टोली पठाइएको हो । निधि र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नागरिकता वितरणपछि मात्रै मतदाता नामावली संकलन गर्ने कार्यक्रम निर्धारण गरेपछि नागरिकता वितरणको घुम्ती शिविर गएको हो । गृहमन्त्री निधि र मधेसी मोर्चाका नेताहरु जनसंख्याका आधारमा राष्ट्रियसभामा प्रतिनिधित्व हुनेगरी संविधान संशोधनको पक्षमा छन् । सोही अनुरुप ठूलो संख्यामा भारतीय नागरिकलाई नागरिकता दिने उद्धेश्यसाथ नागरिकता वितरणको घुम्ती शिविर खटाइएको हो । 

हिमाली तथा पहाडी जिल्लाहरुमा पुस १५ भित्र मतदाता नामावली संकलन गरिसक्ने र त्यसपछि तराईका जिल्लामा नयाँ नागरिकता वितरण गरेर नामावली संकलन गर्ने ब्यवस्था मिलाइनुको अर्थ ठूलो संख्यामा भारतीयलाई नागरिकता दिने हो भन्ने बुझ्न कठीन छैन । हुलमुलमा नागरिकता वितरण गरेपछि गैरनेपालीले नागरिकता पाउन सक्ने अवसर सिर्जना हुन्छ । 

यसअघि भारतको विश्वासप्राप्त मानिएका पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पालमा ३० लाख ५० हजारलाई घुम्ती शिविर मार्फत नागरिकता वितरण गरिएको थियो । ०६३ को राजनीतिक परिवर्तनपछिको अवसर छोपेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पनि २६ लाख १५ हजार ६ सय १५ जनालाई घुम्ती शिविर मार्फत नागरिकता प्रदान गरिएको थियो । आफ्ना नागरिकलाई नेपाली नागरिक बनाएर त्यस मार्फत नेपालको राजनीतिलाई नियन्त्रणमा लिने भारतको प्रयास त्यसयता बलियो बन्दै आएको छ । मधेसी दलका एक दर्जन नेताले सिंगो मधेसी समुदायलाई देखाएर संविधान संशोधनमा वार्गेनिङ गरिरहेका बेला जनाधारहीन तिनै मधेसी मोर्चाका नेताहरुमार्फत राजनीतिलाई नियन्त्रण गर्ने प्रयासमा भारत छ । किनभने तराईमा मधेसी मोर्चाको आन्दोलन जनसमर्थनको अभावमा खिइंदै गएको र उनीहरुले गत चुनावमा पनि मधेसमा लज्जाजनक हार ब्यहोरेका थिए । 

नेपाल–भारत खुला सिमानाका कारण यसरी शिविरमार्फत नागरिकता वितरणमा धेरै भारतीयले नेपाली नागरिकता लिने स्पष्ट छ । भर्खरै नागरिकता लिएको एउटाले अर्काेलाई नागरिकताको सिफरिस गर्ने र सबै प्रक्रिया पुर्याएर नागरिकता पाउन यसले भारतीयलाई नै सहयोग पुर्याउँछ । 

तस्बिरसहितको मतदाता नामावली अद्यावधिक गरिएपछि संविधानसभाको गत निर्वाचनमा मतदाताको संख्या पहिले भन्दा घटेको थियो । जसले गर्दा भारतीयहरुले नेपालको निर्वाचनमा मतदान गरी आफू अनुकुलको प्रतिनिधि चयन गर्न सकेका थिएनन् । त्यसैले यसपल्ट बिमलेन्द्र निधिले करिव २३ लाख भारतीयलाई नेपालको नागरिकता दिलाएर आगामी निर्वाचन परिणाम प्रभावित पार्ने उद्धेश्यले नागरिकता वितरणको घुम्ती शिविर पठाएका हुन् । 

 

यसमा तपाईको प्रतिक्रिया