एमाले सचिव एवं चर्चित युवा नेता गोकर्ण बिष्ट माओबादी प्रवेश गरेको अफबाह फैलाउने माओबादी कार्यकर्ता प्रहरीको फन्दामा

काठमाडौं, २७ कात्तिक । ‘तपाईं माओवादी केन्द्रमा प्रवेश गरेको खबर आयो’ भन्दै धमाधम फोन आउन थालेपछि नेकपा एमालेका सचिव एवं चर्चित युवा नेता गोकर्ण विष्ट शनिबार बिहान निकै झस्किए । एउटा फोन राख्न नपाउँदै पार्टी कार्यकर्ता र शुभेच्छुकहरुको तारान्तार फोन आउन थाल्यो । प्रश्न र कौतुहलता सबैको एउटै थियो– ‘तपाईं माओवादीमा प्रवेश गरेको हो र ?’

एउटा नेपाली ब्लगले ‘एमाले सचिव विष्टसहित ४५० जना एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश’ भन्दै भ्रामक खबर दिएपछि एमाले सचिव विष्टले हैरानी भोग्नुपरेको हो । भ्रामक खबर आगोसरि फैलिएपछि उनले प्रहरीको नै सहायता लिनु परेको छ ।

प्रहरीले पनि केहीबेर खोजी गरेपछि पत्ता लाग्यो– उनको बारेमा भ्रम फैलाउने काठमाडौँखबर ब्लगस्पट रहेछ । प्रहरीले उक्त ब्लग संचालकको खोजी गरी साइबर क्राइम अन्तरगत कारबाही अघि बढाउने तयारी थालेको छ । खोजी गर्दै जाँदा उक्त ब्लग माओवादी कार्यकर्ताले कोरियाबाट चलाउने गरेको खुलेको अनुसन्धानमा खुलेको छ ।

‘कहिले के नाममा, कहिले के नाममा चरित्र हत्या गर्न संगठित गिरोह नै सक्रिय भएका छन्, त्यसैले प्रहरीको सहायता लिनुपरेको छ।’– सचिवालय स्रोतले भन्यो । सचिवालयले नेता बिष्टको लोकप्रियता पार्टीभित्र र बाहिरका केही मानिसलाई मन नपरेकाले नियोजित रुपमा प्रहार भएको भन्दै हल्लाको पछि नलाग्न आग्रह समेत गरेको छ । बिभिन्न व्यक्तिहरुले विष्टका नाममा एकदर्जन भन्दा बढी नक्कली फेसबुक अकाउन्ट समेत चलाउँदै आएका छन् ।

अझ संयोग कस्तो परेको छ भने, एमाले युवा नेता विष्ट दिनभरजसो एमालेका अध्यक्ष केपी शर्मा ओली र शीर्ष नेताहरुसँग पार्टीको कार्यक्रममा छन् । एमालेको मोर्चा संगठन विभागको प्रमुख समेत रहेका विष्ट पार्टीको जनसंगठन नेपाल आदिबासी जनजाति महासंघको चुनाव गराउन व्यस्त छन् । उनले भ्रामक हल्लाको खण्डन गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने बताएका छन् ।

नाम मिलेपछि अर्को फसाद

भ्रामक खबरले एमाले सचिव विष्टलाई मात्र होइन्, काठमाडौँबाट संचालित केटीएम खबर डटकमले पनि सास्ती भोगेको छ। मिल्दोजिल्दो नामले कति आपत पार्छ भन्ने उदाहरण हो यो । भ्रामक खबर लेख्ने ब्लग कोरियाबाट संचालित काठमाडौँखबर डट ब्लगस्पट हो । जुन आफैमा न्यूजपोर्टल होइन् । कुनै व्यक्तिको पर्शनल ब्लग मात्र हो । तर, उक्त ब्लगमा केटीएम खबरसमेत लेखिएकाले प्रहरी र कार्यकर्ताले केटीएम खबर डटकमले समाचार लेखेको भन्दै त्यसका संचालकलाई पनि सोधीखोजी ग¥यो । जबकी उक्त ब्लगसँग आफूहरुको कुनै साइनो नै नरहेको केटीएम खबर डटकमका संचालक श्याम कार्की बताउँछन् ।  सामाजिक सञ्जालमा समाचार साइट र ब्लग छुट्टाउन नसक्दा आजकल पाठकहरुलाई पनि समस्या पर्ने गरेको छ।

यस्तो थियो समाचारः

hawa-khabar

यसमा तपाईको प्रतिक्रिया