अङगीकृत नागरिकलाई मुख्य चार पद बाहेक अन्यमा खुल्ला गर्ने प्रस्तावमा देउवाले भने, ‘नो’

deuwa-prachanda

कात्तीक २७ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अङगीकृत नागरिकलाई मुख्य चार पद बाहेक अन्यमा खुल्ला गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव अस्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा देउवाले प्रधानमन्त्री दाहालको सो प्रस्ताव ठाडै अस्वीकार गरेका हुन । मधेशी मोर्चाका माग सम्बोधन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्याधिस बन्न नपाउने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री दाहालले सत्ता साझेदार काँग्रेस सभापति देउवा समक्ष प्रस्ताव गरेका थिए । तर देउवाले पार्टीभित्र मनाउन मुस्किल रहेको भन्दै नागरिकताका सवालमा केही गर्न नसकिने जवाफ फर्काएका हुन । उनले भाषा र प्रदेशको सिमाङकनका विषयमा भने लचकता अपनाउन सकिने र एमाले पनि सहमत हुन सक्ने भन्दै त्यसमा मोर्चालाइृ सहमत गराउन सुझाव दिएका थिए । सत्ता साझेदार दलले नै नागरिकताका विषयमा केही गर्न नहुने अडान राखेपछी प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने दुई नेताबीच सामान्य छलफल मात्र भएको दावी गरे ।

यसमा तपाईको प्रतिक्रिया