‘विप्लव’ नेकपा माओवादीद्वारा वीर अस्पतालमा सफरसफाइ

biplap-ko-sarsafai
काठमाडौं, २७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)को सहायक संगठन राष्ट्रिय युवा जनस्वयं सेवकले काठमाडौंस्थित वीर अस्पतालमा सफरसफाइ गरेर आफ्नो राष्ट्रिय युवा अभियान सुरुवात गरेको छ । शनिबार मध्यान्ह १२ बजे वीर अस्पताल परिषरमा सरसफाइको कार्यक्रम गरेर राष्ट्रिय युवा अभियानको कार्यक्रम सुरु गरिएको जनस्वयं सेवकका अध्यक्ष सुदीप मल्लले जानकारी दिनुभयो ।

mao-biplav-650x488

अभियानको उद्घाटन् ‘विप्लव’ माओवादीका प्रवक्ता खड्क विश्वकर्माले गर्नुभएको थियो । ‘राष्ट्रिय युवा अभियान अन्तर्गत वीर अस्पताल परिषरमा सरसफाइ गरेर रचनात्मक कार्यक्रम थालेका छौँ’, अध्यक्ष मल्लले भन्नुभयो, ‘अभियान देशभरि सञ्चालन हुनेछ । हेल्प डेस्कहरू पनि स्थापना गरिनेछ ।’ आइतबार मूल्य वृद्धि र कालोबजारीका विरुद्ध नेपाल बन्द आह्वान गरेको नेकपा (माओवादी)ले राष्ट्रिय युवा अभियानमार्फत महँगीको भण्डाफोर गर्ने चेतावनी दिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया