केपी ओली मधेस झरेपछि यस्तो देखियो माहोल, एकाएक उर्लियो जनसागर

oli-jansaagr

काठमाडौं, २७ कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चार महिने पार्टी सुदृढिकरण तथा जनपरिचालन अभियानलाई तीव्र बनाएको छ ।

देशव्यापी रुपमा सञ्चालन भइरहेको अभियान अहिले तराईका जिल्लामा केन्द्रीत छ । महोत्तरी, जनकपुर, सिरहा लगायतका जिल्ला अभियान सञ्चालन भइरहेका बेला यो अभियान शनिबार उदयपुर पुगेको छ ।

तराईका जिल्लामा संविधानबिरुद्ध मधेसी जनतामा फिजाइएको भ्रम हटाउने र पार्टीको उपस्थितिलाई सशक्त बनाउने लक्ष्यअनुरुप उदयपुर पुगेको अभियानमा अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।

अभियानका क्रममा मध्य क्षेत्रको भित्री मधेस मानिने उदयपुरको कटारीमा शनिवार आयोजित सभालाई अध्यक्ष ओलीले सम्बोधन गरे । उनको सम्बोधन सुन्न हजारौंको संख्यामा जनमानस उपस्थित थियो । गाउँ गाउँबाट जनसागर कटारी पुगेको थियो ।

सम्बोधनमा के भने ओलीले ?

ओलीले मधेसकाबिरुद्ध पहाड र पहाडकाविरुद्ध मधेस, तथा एक जातिविरुद्ध अर्काे जातिलाई भड्काएर नेपालको एकता र विकास रोक्ने शक्ति सक्रिय रहेको बताउँदै एमालेले सबै जाति, क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने भन्दै सबैलाई एकतावद्ध बनाएर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने बताए ।

पुससम्मका लागि ४ महिने जागरण अभियान तय गरेर एमालेले नेता कार्यकर्तालाई देशब्यापी परिचालन गरेको छ । आफू नेतृत्वको अघिल्लो सरकारले लिएको नीति र अगाडि सारेका कार्यक्रम र नयाँ संविधानले दिएका अधिकारलाई जनताबीच पुर्याउने भन्दै एमालेले अभियान घोषणा गरेको थियो ।

uml-udayapur

तराईमा जनमत गुमाएका मधेसकेन्द्रित दलहरुको मोर्चाले एमालेलाई मधेस विरोधी पार्टी भएको आरोप लगाउँदै आएका छन् । तर, एमाले नेतृत्वको अघिल्लो सरकारले तराई केन्द्रित विशेष कार्यक्रम सहितको बजेट ल्याएपछि र अहिलेको अभियान सञ्चालन भएपछि पुरै जनलहर एमालेको पक्षमा देखिएको छ ।

तराईका हरेक जिल्ला सदरमुकामका लागि ५० करोड रुपैयाँ र भित्री सडक स्तरोन्नति गरी रिङरोड चलाउने, विपन्न आवास र सिंचाइका ठूला कार्यक्रममा एमाले सरकारले बजेट छुट्याएपछि तराईमा एमालेको लहर बढ्न थालेको हो ।

यसअघि छठ पर्वका अवसरमा जनकपुरमा गरेको एमालेको सभामा पनि मधेसी समुदायको ठूलो उपस्थिति थियो । कैलाली, सिराहा, बीरगञ्ज र सप्तरीमा पनि एमालेका अभियान चलिरहेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया