एक वर्षपछि फेरी अचानक प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा

prachanda_news_9876

काठमाडौ, २७ कार्तिक । एकिकृत नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । संविधान संसोधनमा दलहरुबीच छलफल चलिरहेका बेला प्रचण्ड अचानक सुकुटे पुगेका हुन् । पारिवारिक सदस्य र सिमित सुरक्षाकर्मीसहति पुगेका प्रचण्ड सुकुटेको इक्वेडर रिसोर्टमा बस्ने गरेका थिए । लाजिम्पाट स्रोतका अनुसार कुनै औपचारिक कार्यक्रम नभई प्रचण्ड एकान्तमा आराम गर्न  गएका हुन् ।
राजनीतिक रुपमा तनावको अवस्था तथा खटान अत्याधिक भएपछि प्रचण्ड यसअघि पनि एकान्त खोज्दै राजधानीको डाँडाकाडा पुग्ने गर्थे  । अघिल्लो वर्षको कार्तिक २६ गते पनि प्रचण्ड सुकुटे पुगेका थिए । प्रचण्ड भोली फर्किने उनको सचिवाललयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया