तराइमा मधेसबादी दलहरुलाई पछी पार्दै एमाले, एमाले सक्रिय बनेपछि यसरि साथ् दिदैछन तराईबासी नेपालीले !

काठमाडौं, २७ कात्तिक– गत साता जनकपुरमा ठूलै जनसभा गरेको एमालेले तराईमा आफ्नो अभियानलाई निरन्तरता दिएको छ । चार महिने अभियान लिएर तराईका जिल्लामा पुगेका एमाले नेताहरुले संविधान बिरुद्ध मधेसी जनतामा फिंजाइएको भ्रम हटाउने र पार्टीको उपस्थितिलाई सशक्त बनाउने विश्वास ब्यक्त गरेका छन् । emale-katari

मध्य क्षेत्रको भित्री मधेस मानिने उदयपुरको कटारीमा शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गरे । ओलीले मधेसका बिरुद्ध पहाड र पहाडका विरुद्ध मधेस, तथा एक जाति विरुद्ध अर्काे जातिलाई भड्काएर नेपालको एकता र विकास रोक्ने शक्ति सक्रिय रहेको वताए । उनले एमालेले सबै जाति, क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने भन्दै सबैलाई एकतावद्ध बनाएर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने वताए । 

माघसम्मका लागि ४ महिने जागरण अभियान तय गरेर एमालेले नेता कार्यकर्तालाई देशब्यापी परिचालन गरेको छ । आफू नेतृत्वको अघिल्लो सरकारले लिएको नीति र अगाडि सारेका कार्यक्रमलाई जनताबीच पुर्याउने भन्दै एमालेले अभियान घोषणा गरेको थियो । संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको, भारतको नाकाबन्दी झेल्दै चीनसँग पनि पारवहन सन्धी गरेका कारण भारतीय समर्थकको तारो एमाले बन्दै आएको थियो । 

तराईमा जनमत गुमाएका मधेसकेन्द्रित दलहरुको मोर्चाले एमालेलाई मधेस विरोधी पार्टी भएको आरोप लगाउँदै आएका छन् । तर, एमाले नेतृत्वको अघिल्लो सरकारले तराई केन्द्रित विशेष कार्यक्रम सहितको बजेट ल्याएपछि मधेसी मोर्चासहितको समर्थनमा नयाँ गठबन्धन सरकार बनेको थियो । मधेसबाट जम्मा ११ सिट मात्रै जितेका मधेसी दलले सिंगो मधेसी जनताको प्रतिनिधि आफू रहेको दावी गर्दै संविधानको विरोध गर्दै आएका छन् । 

तर, मधेसी मोर्चालाई अघि सारेर भारतले आफ्नो स्वार्थ पूरा गर्न नागरिकताको प्रावधान अझै खुकुलो पार्ने, अंगीकृत नागरिकलाई पनि उच्च संबैधानिक पद खुला गर्नेगरी संविधान संशोधन गर्ने र निर्वाचन अघि नागरिकता वितरणको घुम्ती शिविर चलाउने काममा नेपालको सरकार र मधेसी मोर्चालाई प्रयोग गरेपछि नेपाली मधेसीहरु झस्किन थालेका छन् । आफ्नो समुदायलाई उपयोग गरेर भारतको स्वार्थ पूरा गर्ने अभियानका रुपमा मधेसी मोर्चा लागेको विस्तारै बुझ्दै गएपछि एमालेको जनसभाको आकार बढ्न थालेको हो । त्यसमाथि तराईका हरेक जिल्ला सदरमुकामका लागि ५० करोड रुपैयाँ र भित्री सडक स्तरोन्नति गरी रिङरोड चलाउने, विपन्न आवास र सिंचाइका ठूला कार्यक्रममा एमाले सरकारले बजेट छुट्याएपछि तराईमा एमालेको लहर बढ्न थालेको हो । 

यसअघि छठ पर्वका अवसरमा जनकपुरमा गरेको एमालेको सभामा पनि मधेसी समुदायको ठूलो उपस्थिति थियो । सिराहा, बीरगञ्ज र सप्तरीमा पनि एमालेका अभियान चलिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया