आफु माथि चौतर्फी हमला भएको भन्दै हिडेका प्रधानमन्त्री प्रचन्डले एकाएक शनिबार किन छोडे बालुवाटार?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि चौतर्फी हमला भएसँगै उनले बालुवाटार निवास छाडेको समाचार बाहिर प्रकाश हुन आएको छ ।

शनिबार साँझ केही सुरक्षाकर्मीहरुलाई साथमा लिएर प्रधानमन्त्री प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेतिर लागेको प्रष्ट हुन आएको हो  ।

संसदमा लोकमान महाभियोग प्रस्तावको छिनोफानो हुन नसक्दै अंगीकृत नागरिकलाई पनि देशको उच्च पदको जिम्मेवारी सम्हाल्न दिने निर्णय गरेसँगै प्रतिपक्षी दल एमालेसहित देशबासीहरुले चारैतिरबाट घेरा लगाएका हुन ।
कार्की महाभियोग र संविधान संशोधन विधेयक प्रस्ताबका दुइ जटिल समस्या आइपरेसँगै मर्नू न बाच्नु भएका प्रधानमन्त्री पचण्डलाई थप तनाव हुनेगरि पूर्व बर्हिगमित लडाकुहरुले आन्दोलन मच्चाइरहेका छन् ।
यसअघि पनि प्रचण्ड सुकुटेस्थित इक्वेडर रिसोर्टमा बस्दैं आएका थिए । गत साल कात्तिक २६ गते र २०६८ असोज ८ गते पनि सुकुटेमा गएर प्रचण्डले आराम गरेका थिए ।

यता, कार्तिक मसान्तभित्र संविधान संशोधन गर्ने बचन पाएका मधेसवादी दलहरुले कात्तिक मसान्तसम्ममा संविधान संशोधन नभएमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया