लोडसेडिङमुक्त काठमाडौं उपत्यकामा फेरी दैनिक १३ घण्टा लोडसेडिङ हुदै, हेर्नुहोस कहाँ कहाँ हुदैछ आइतबार-सोमबार लोडसेडिङ?

२७ कार्तिक, काठमाडौं । काठमाडौं र ललितपुरका केही ठाउँमा आइतबार र सोमबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

काठमाडौंको बानेश्वर सवस्टेशनको सर्किट ब्रेकर फेर्नुपर्ने भएकाले आइतबार र सोमबार दुई दिन १३ घण्टा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा मिनभवनले जनाएको छ । महाशाखाका अनुसार बानेश्वर स्टेशनबाट विद्युत आपूर्ति हुने शंखमुल, संसद् भवन, धोबिखोला, बागमती, कोटेश्वर, एयरपोर्ट, बानेश्वर, गोठाटार, ललितपुरको लुभू, इमाडोल १ र २ मा विद्युत आपूर्ति बन्द हुने भएको हो । दिनभरी स्टेशनमा काम चल्ने भएकाले राती भने वत्ती दिन सकिने प्राधिकरणले जनाएको छ ।  

यसमा तपाईको प्रतिक्रिया