बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ, मुलुकभरको सुरक्षा व्यवस्था कडा

कात्तीक २८ चन्द माओवादीको बन्दले काठमाण्डौं लगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा, बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दले काठमाण्डौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । उपत्यकालगायत मुलुकभरको  सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 प्रहरीले बाटो बन्द गर्दैैैै हिँड्ने ५० जना भन्दा धेरै पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आज बिहानै पक्रेको प्रहरीले जनाएको छ । काठमाण्डौं उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् । अहिलेसम्म बन्दको प्रभाव नपरेको र गाडी चलाउनेलाई सुरक्षाको व्यवस्था गर्ने प्रहरीले जनाएको छ । बन्दको हल्लाका कारण गाडी भने अघिल्ला दिन भन्दा कम चलेका छन् ।

यसमा तपाईको प्रतिक्रिया