नेपालमाथि भारतको अर्को अत्याचार : बाटो मर्मतको नाममा भारतले सुनसरीको दशगजा नजिक बनायो बाँध –

sunsari-badha

इनरुवा, २८ कात्तिक ।  सुनसरीको नेपाल भारत सीमा क्षेत्रको दशगजा नजिक भारत सरकारले अन्तर्राष्ट्रिय मुल्य, मान्यता र नियम विपरित झण्डै पाँच किलोमिटर लामो बाँध निर्माण गरेको छ ।
सुनसरी जिल्लाको श्रीपुर जब्दि गाविस वडा नम्बर ७ मा पर्ने दशगजादेखि  बढीमा ५ सय मिटर मात्रै पश्चिम भारतले १० देखि १५ फिटसम्म अग्लो बाँध आकारको संरचना निर्माण गरेको हो ।
सुनसरीको लौकही पश्चिम कुशाहा गाविसको राष्ट्रिय राजमार्गको मुल खण्ड देखी तीन किलोमिटर दक्षिण तर्फ रहेको सीमा क्षेत्रमा ५ किलोमिटर भन्दा बढि बाटो मर्मतको नाममा बाँधको संरचनाको निमार्ण कार्यलाई तिव्रता दिएको छ ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रको १० किलोमिटरसम्म छिमेकी मुलुकलाई असर गर्ने गरी कुनै पनि बाँधको रुपको ठूला संरचना निर्माण गर्न नपाउने अन्तर्राष्ट्रिय नियमविपरीत भारतले एकतर्फी रूपमा दसगजा क्षेत्रको ५ सय मिटरको दुरीमामा जोडेर सडकरुपी १० देखी १५ फिट अग्लो बाध बनाएको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को निगरानीमा भारतले दसगजामा जोडेर सडक निर्माणका नाममा माटोको उच्च भु–भाग बनाउदै ग्राभेल गर्ने र माटो पेल्ने काम एक साता देखी युद्ध स्तरमा गरिरहेको श्रीपुजब्दी गाविसका स्थानियवासिन्दाहरु बताउँछन । भारतले निर्माण कार्यलाई तिब्रता दिएसँगै सो क्षेत्रबाट नेपालीहरुलाई भारततर्फ प्रवेशमा समेत एसएसवीले कडाई गरेको छ । भने स्थानीय बासिन्दाहरुलाई भारत जाँदा अपमान गर्ने र कुटपीट गर्ने सम्मको कार्य गर्दै आएको स्थानीय शमसुल मियाँ बताउँछन ।
हाल श्रीपुरजब्दी गाविसको वडा नं ७ को नेपाल भारत पुर्वी सिमा दशगजाको 199 ÷1÷wp 72 199 ÷2÷ wp 73 199, ÷3÷ wp 74 देखी 200 सम्मको क्षेत्रमा करिब ५ किलोमिटर लामो बाध निमार्ण कार्य धमाधम भै रहेको छ ।
भारतको बिहार सुपौल जिल्लाको तीन खम्बा ग्राम पञ्चायत, बनेलीपट्टी ग्राम पञ्चायत र बेला ग्राम पञ्चायत र रिफुजी कोलेनी जोडने क्षेत्रमा भारतीयहरुले विभिन्न उपकरण सहितका आधुनिक उपकरणहरुमार्फत माटो पेल्ने, भर्ने, पुर्ने जस्ता काम गर्दै बाँधलाई मजबुत बनाउन गिटी हालेर भाइब्रेसन सहितको रोलरले बाटो समेत बनाउने काम भै रहेको छ ।
भारतको विरपुरदेखि बसमतीयसम्म जाने बाटोको नाम दिएर भारतले निर्माण गरेको सो बाँधले बर्षाको समयमा उत्तरतर्फबाट बगेर आउने पानी निकास नभई लौकहीदेखि हरिपुरसम्मको नेपाली भुभाग डुबानमा पर्ने निश्चित जस्तै देखिन्छ ।
सशस्त्र प्रहरी बलका एक सुरक्षा अधिकारीले आफूहरुले सो विषयमा पहिलादेखिनै समकक्षी बैठकमा कुरा उठाउँदै आए पनि उसले पुरानै बाटो मर्मत गरेको भनेर जवाफ दिने गरेको सुनाए । सुनसरी जिल्लाका सुरक्षा निकायले यस विषयमा केन्द्रसम्मै रिर्पोटिङ गरिसकेपनि केन्द्रबाट कसैले पनि अहिलेसम्म थप चासो नदेखाएको एक सुरक्षा अधिकारीले बताए ।
भारतीय सुरक्षा स्रोतका अनुसार भारतले सन् २०१६ देखि निर्माण सुरु गरेको यो बाटोको नामको बाँध २०१७ को मे सम्ममा बीरपुरदेखि बसमतीयसम्म पक्कि बनाउने र सन् २०२० सम्ममा सो संरचना जोगबनीसम्म पुर्याउने योजना अन्र्तगत काम भईरहेको छ ।
भारतले नेपाल भारतसीमामा धेरै ठाँउमा यस्ता बाँध निर्माण गरिरहेको छ । पछिल्लो समयमा सप्तरीको सीमा क्षेत्र त्यस्तै संरचनाले नेपाली भुमि डुबानमा परेपछि स्थानीयहरुले भत्काएका थिए । जसका कारण ठूलो विवाद उत्पन्न भएको थियो ।

 जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले परम्परागत रुपमा हिडीआएको बाटो मर्मत गर्ने काम भै रहेको सूचना आएपनि बाध निर्माण भैरहेको भन्ने बिषयमा कुनै जानकारी नभएकाले सशस्त्र प्रहरी बल मार्फत सत्य तथ्य कुरा बुझने काम भै रहेको बताए । रिपोटर्स नेपाल डटकमबाट

 

यसमा तपाईको प्रतिक्रिया