भारतीय दूतावास जाँदै गर्दा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल समातीय

fadindra-morcha-ko
काठमाडौं, २८ कात्तिक ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्षलाई ज्ञापनपत्र बुझाउन गएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

मोर्चाका अध्यक्ष नेपाल नेतृत्वको टोली आइतबार विहान कालापानी क्षेत्रमा राखिएका भारतीय सेना हटाउनुपर्ने लगायतका तीन बुँदे माग गर्दै सेनाध्यक्ष दलबीर सिंहलाई ज्ञापनपत्र बुझाउन लैनचौरस्थित भारतीय दूतावासतर्फ जाँदै थियो ।

भारतीय दूतावासमार्फत सेनाध्यक्षलाई ज्ञापनपत्र बुझाउँन जाँदै गर्दा प्रहरीले लैनचौरबाटै पक्राउ गरेको मोर्चा अध्यक्ष नेपालले बताए । आफू शान्तिपूर्ण रुपमा नै ज्ञापनपत्र बुझाउन जाँदा पक्राउ गरेको उनले दुखेसो गरे । पक्राउ गरिएका नेपालसहितको टोलीलाई दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको छ ।

यसअघि भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई कालोझण्डा देखाउने क्रममा पनि उनी पक्राउ परी छाडिएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया