प्रहरी हिरासतमा रहेका सन्तोष थापाबाट अर्को अपराधको रहस्य खुल्यो

apradha-bijaye

 कात्तीक २८ प्रहरी हिरासतमा रहेका सन्तोष थापा ९ महिना अघि सैनामैनामा भएको हत्या घटनामा सम्लग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका १ की चुरी अर्यालको  गत वर्षको पुष २९ गते धारीलो हतियार प्रयोग गरी हत्या भएको थियो।  हत्यामा सम्लग्न मध्ये प्रमुख योजनाकारका रुपमा केही दिन अघि बुटवलका वीरबहादुर गुरुङको हत्यामा सम्लग्न भएको अभियोग लागेका सन्तोष थापा नै रहेको प्रहरीको दावी छ । 

घटनामा सम्लग्नहरु पक्राउ गर्न नसक्दा प्रहरी आलोचित बन्दै गएको प्रहरीले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा सम्लग्न थापा सहित  ३ जनालाई सार्वजनिक गरेको हो।

सन्तोष सँगै उनका सहयोगीहरु सैनामैना १ की ३० वर्षीय उमादेवी वि.क. र ३० वर्षीय कल्पना खनाललाई प्रहरीले सार्वजनिक गरेको थियो ।

०७२ माघ २९ गते धारिलो हतियार प्रयोग गरी चुरी अर्यालको हत्या भएको थियो । हत्या गर्ने तीन जनालाई प्रहरीले ९ महिना पछि पक्राउ गर्न सफल भएको हो ।

 मृतक चुरी अर्यालले जग्गा बिक्रि गरेको १ करोड १७ लाख रुपैया घरमा राखेको जानकारी भएपछि उक्त पैसा चोरी गर्ने मनसायले हत्या भएको रुपन्देही प्रहरी प्रमुख बुद्धिराज गुरुङले बताए ।

अर्यालको हत्यामा संलग्न थापा यही कात्तिक १४ गते बुटवलका वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। वीर बहादुर गुरुङको हत्या घटना अनुसन्धान गर्दै  जादा प्रहरीले सन्तोष थापाबाट अर्यालको हत्याको रहस्य समेत खुल्न सफल भएको थियो ।

अर्याल घटनामा त्यति बेला नै प्रहरीको शंकाको घेरामा रहेका सन्तोष थापा  प्रहरीले ठोष प्रमाण जुटाउन नसकेपछि पक्राउ पर्नबाट बच्दै आएका थिए। उक्त घटनामा प्रहरीबाट उम्कन सफल भएपछि अपराधकर्ममा उनको मनोबल बढ्दै गएको देखिन्छ ।  आफ्नै साथी बिर बहादुर गुरुङको हत्या समेत गरेका थिए । 

अपराधमा सम्लग्नहरु ठोस प्रमाणको अभावमा केही समयका लागि  उम्कन सफल भए पनि प्रमाणको खोजिमा रहेको प्रहरीले यस पटक भने सन्तोष थापा र उनका सहयोगीहरुबाट अपराधमा सम्लग्न भएका प्रमाणहरु जुटाउन सफल भएको छ।

उनीहरुको साथबाट प्रहरीले चुरी अर्याललाई हत्या गर्न प्रयोग गरिएको हसिया एक, मोबाईल १ थान बरामद गरी सार्वजनिक गरेको छ ।

घटनामा संलग्न वि.क. र खनालले चोरी गरिएको ३० हजार नगद, नाकमा लगाउने फुली, तिलहरी, सिक्रि बाला लगाएतका धनमाल विक्रि गरी बराबर बाढेर खाएको खुल्न आएको प्रहरीले बताएको छ । 

यसमा तपाईको प्रतिक्रिया