विरोधका वावजुद पनि सुजातालाई पचास लाख दिने मन्त्रीपरिषदको निर्णय

sujata-5
कात्तिक २८ मन्त्रिपरिषदले कांग्रेस नेतृ सुजाता कोइरालालाई उपचार खर्च स्वरुप ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । केहीदिन अघि मात्रै कोइरालाई स्तन क्यान्सर भएको पुष्टि भएपछि उनले उपचारको लागि सरकारसँग अनुरोध गरेकी थिइन् ।
उनले उपचारका लागि एक करोड माग गरेकी थिइन् । आइतवारको मन्त्रिपरिषदको बैठकले उनलाई उपचार खर्च स्वरुप ५० लाख दिने निर्णय गरेको हो । उनी हाल उपचारको लागि सिंगापुरमा रहेकी छन् । र्भीआईपीका नाममा जथाभावी उपचार खर्च दिएको भन्दै बेला बेलामा चर्को विरोध हुने गरेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया