आईजीपी अर्याल हटाउन आरजु राणादेखि कान्तिपुर दैनिकका साहुसम्म लागे, यस्तो रणनीति अपनाए आईजीपीले

काठमाडौं,२९ कात्तिक – नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याललाई हटाएर एआईजीपी राजेन्द्र सिंह भण्डारीलाई प्रमुख बनाउन ठूलो चलखेल सुरु भएको छ ।

राष्ट्रिय राजनीतिलाई नै असर पार्ने गरी अगाडि बढिरहेको यो खेलमा मिडिया मालिकहरु पनि भिडेर लागेको बुझिएको छ ।

 भण्डारीलाई आईजीपी बनाउने डिजाईन अन्र्तगत कान्तिपुर पब्लिकेसनबाट छुट्टिएपछि पानी बाराबारको अवस्थामा रहेका कैलाश सिरोहिया, रामेश्वर थापालाई एआईजीपी राजेन्द्र सिंह भण्डारीले मिलापपत्र गराए ।

कैलाश, रामेश्वर, राजेन्द्रको संयुक्त बैठकले शेरबहादुर देउवालाई मिलाउने र सहमत गराउने निर्णय गर्यो । यो कामको जिम्मा कैलाश सिरोहियाले लिए ।

प्रचण्डलाई मिलाउने जिम्मा रामेश्वरले लिए । रामेश्वरले अरु कसैलाई थाहा पत्तो नदिई गोप्य रुपमा पटक–पटक प्रचण्डलाई भेटेको बुझिन्छ ।

देउवालाई पनि सिरोहियाले पटक–पटक भेटेर आईजीपी उपेन्द्रकान्तलाई फाल्ने कुरामा सहमत गराए ।

त्यसपछि देउवाले अर्याललाई फाल्ने र भण्डारीलाई ल्याउने डिजाईन कार्यान्वयन गर्न गृहमन्त्री विमलेन्द्र निधिलाई सहमत गराए ।

प्रहरी नियमवाली संशोधन मन्त्रिपरिषद्मा लगेर साटसुट पास गराउन देउवाले निधिलाई अह्राए । यो गोप्य कुरा आइृजीपी अर्यालले थाहा पाए ।

आईजीपी अर्यालले आफ्नो पद जोगाउन फलामले फलाम काट्छ भन्ने नीति अपनाए । उनले आफू विरुद्वको यो खलको भण्डाफोर गर्ने जिम्मा दिए नागरिक दैनिकका मालिक विनोद ज्ञवालीलाई ।

आईजीपी अर्यालको अनुरोध अनुसार विनोद ज्ञवालीले नागरिक दैनिकमा आईजीपी अर्याल फाल्ने भित्री खेलको पर्दाफास गरे ।

यी सबै खेलमा एआइृजी राजेन्द्र सिंह भण्डारीका नेतृत्वमा कैलास सिरोहिया, रामेश्वर थापा, आरजु राणा देउवा र कान्तिपुर पब्लिकेसनकी निर्देशक स्वस्तिका सिरोहिया समेत शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलगायत सात जनाको साँठगाँठ देखियो । आजको साँघु साप्ताहिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया