मोर्चाद्वारा संविधान संशोधनका लागि सरकारलाई १५ दिनको अल्टिमेटम

काठमाडौं, कात्तिक २९ । मधेसी मोर्चासहितको संघीय गठवन्धनले आफ्नो सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने भन्दै सरकारलाई थप १५ दिनको समय दिएको छ ।

उपेन्द्र यादव नेतृत्वको गठवन्धनले सोमबार सिंहदरवार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाउँदै संशोधनका लागि १५ दिनको सयम दिएको हो ।

स्मरण पत्र बुझाउँदै यादवले आफूहरुको सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने बताए ।

उनले सीमांकनको विषय अहिले नै टुंग्याउनु पर्ने भन्दै आयोग गठनको प्रस्ताव मान्य नहुने बताए ।

जवाफमा प्रधानमन्त्री दाहालले आफू केही दिनमा नै संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा रहेको बताएका थिए ।

उनले आफूले गत बिहीबार नै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको भएपनि कांग्रेस सभापतिले तरुण दलको महाधिवेशनपसम्म कुर्न आग्रह गरेपछि केही ढिला भएको बताए ।

उनले सबैलाई सहमति गराएर मात्रै संशोधन प्रस्ताव दर्ता गराउन लाग्ने हो भने सम्भव नहुने पनि बताए ।

 

यसमा तपाईको प्रतिक्रिया