नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन

mawadi-pande

कात्तिक २९ नेकपा माओवादी केन्द्रका सांसद भक्ती पाण्डेको निधन भएको छ । क्यान्सरसंग जुधिरहेका पाण्डेको केहीबेरअघि निधन भएको माओवादी केन्द्रका नेता दीनानाथ शर्माले बताए । ललितपुरको हरिसिद्धमा  रहेको क्यान्सर अस्पतालमा उपचाररत पाण्डेको अस्पतालमै निधन भएको हो । उनका छोरा विश्वदिप पाण्डे पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वकिय सचिव छन् । रुपन्देही घर भएका सांसद पाण्डे इमान्दार र भलाद्मी स्वभावका नेता थिए । उनका एक छोरा, छोरी र श्रमति छन् ।

यसमा तपाईको प्रतिक्रिया