प्रचण्ड निकट आरोप लाग्ने गरेका बामदेब प्युठानबाट कुर्लिय:”प्रचण्ड जी, बिदेशीको इशारामा नाच्न बन्द गर्नुस, बिदेशी रिझाउने तपाइको खेललाई एमाले ले साथ् दिदैन”

bamu-kaka२९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति नरम देखिने एमाले उपाध्यक्ष वामदेव गौतम पछिल्लो समय सरकारप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् । उनले प्रचण्ड नेतृत्वको सरकार पछिल्लो समय स्वदेशी जनताभन्दा पनि विदेशीको इसारामा चल्न थालेको आरोपसमेत लगाउन थालेका छन् ।
गौतमले सोमबार आफ्नो गृहजिल्ला प्युठानबाट समेत सरकारको कडा आलोचना गरे । सरकार विदेशीको आडमा अघि बढेको भन्दै विदेशी रिझाउने उद्देश्यले सरकारले अघि बढाएका कुनै पनि कामलाई एमालेले सफल हुन नदिने चेतावनीसमेत दिए ।

सरकारले संविधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेको विषयलाई समेत उनले खुलेर आलोचना गरे । ‘विदेशीको इसारामा तराई–पहाड अलग गर्ने उद्देश्यले सीमांकन हेरफेरसहितको संशोधन प्रस्ताव ल्याउने सरकारको तयारी एमालेलाई मान्य हुँदैन,’ प्रेस चौतारी प्यूठानले सोमबार खलंगामा गरेको पत्रकार भेटघाटमा गौतमले भने, ‘सरकार जनताको चाहनाभन्दा विदेशीको चाहनामा अघि बढेको छ । विदेशी रिझाउने लक्ष्य राखिएकोले तराई पहाड अलग गर्ने खेल एमालेलाई मान्य हुँदैन ।’

गौतमले निलम्बित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही भएरै छाड्ने जिकिर पनि गरे । लोकमानले आफूलाई राजामहाराजा ठानेर मनपरी गर्न थालेपछि कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाएको र उनलाई कारबाही भई छाड्ने दाबी गरे ।

कार्यक्रममा गौतम मधेसी दलप्रति पनि निकै आक्रमक बनेका थिए । उनले मधेसमा १० प्रतिशत पनि मत नल्याउनेहरुले अरुलाई मधेस विरोधी भन्न नमिल्ने पनि जिकिर गरे । नेपालको नाम फेर्ने, जातीय विभाजन गर्ने, झण्डा फेर्ने नारा माओवादी पार्टीले अघि सारेर देशलाई समस्यामा पारेको पनि आरोप लगाए ।

यसमा तपाईको प्रतिक्रिया