देउवालाई पक्राउ गर्ने भण्डारी देउवालाई नै फसाएर आइजीपी हुने खेलमा, आइजी काण्डमा यसरी फसे देउवा

काठमााडौं, ३० कात्तिक । तत्कालीन राजा ज्ञानेन्दले गठन गरेको शाही आयोगमा प्रहरीको एउटा टिम थियो । जसको नेतृत्व तत्कालीन एसपी राजेन्द्र सिंह भण्डारीले गरेका थिए । आजको दृष्टि साप्ताहिकमा खबर छ – पूर्वराजाविरुद्ध आवाज उठाउने नेताहरुलाई उत्त आयोगले भ्रष्टचारको आरोपमा छानीछानी पक्राउ गर्दथ्यो । त्यसरी पक्राउ पर्ने मध्ये एक कांग्रेस सभापति शेर बहादुर देउवा पनि थिए । देउवालाई पक्राउ गर्न उनै भण्डारी गएका थिए र जो हाल नेपाल प्रहरीका एआइजी छन् । त्यसरी देउवालाई पक्राउ गर्ने तिनै भण्डारी अहिले देउवालाई फसाएर आइजीपी हुने खेलमा लागेका छन् । कान्तिपुर पब्लिकेशनका मालिक तथा आफ्ना साढुलाई कैलाश सिरोहियाको घरमा कांग्रेस सभापति देउवालाई बोलाएर उनले आइजीपी हटाउने खेलको आधार बनाएका थिए। देउवाले पनि ग्रिन सिग्नल दिएपछि उनी माओवादी नेता र अन्य शक्तिकेन्द्र धाएको पोल बिस्तारै खुल्न थालेको छ । तर, कांग्रसकै अन्य नेताहरुले देउवालाई यस्तो परिष्थितिमा आइजीपी फेर्नु गलत भएको भन्दै दबाब दिएपछि उनी पछि हटेको प्रहरीमा चर्चा छ । 

यसमा तपाईको प्रतिक्रिया