वान बेल्ट वान रोड’ अवधारणाबारे चीनले माग्यो नेपालको धारणा

China Trade With Mexico

कात्तिक ३०,चीनले अघि बढाएको वान बेल्ट वान रोडको अवधारणाबारे सरकारको ठोस धारणा बुझ्न चीनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । चीनले एसिया, युरोप र अफ्रिकाबीच सडक पूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने लक्ष्यसहित अघि बढाएको यस अवधारणाबारे नेपालको धारणा मागेको हो । चिनियाँ राष्ट्रपति सी जिङपिङले २०१३ मै सार्वजनिक गरेको यो अवधारणामा ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र ‘एक्काइसौं शताब्दीको सामुद्रिक सिल्क रोड’ गरी दुई भागमा छन् । यसमध्ये पहिलोमा नेपालले यसअघि नै सहमति जनाइसकेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

यसमा तपाईको प्रतिक्रिया