राप्रपा नेपाल र राप्रपा मंसीर ५ मा एक हुँदै, हिन्दूराष्ट्रका लागि दुवै सहमत

काठमाडौं, ३० कात्तिक । राप्रपा नेपाल र राप्रपाले पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । मंसिर ५ गते एकता गर्ने तयारी छ । गणतन्त्र र संघीयता विरोधी राप्रपा नेपाल तथा गणतन्त्र र संघीयता पक्षधर राप्रपाले लामो चरणको वार्तापछि एकीकरणको अन्तिममा पुगेको बताएका हुन् ।

गणतन्त्रमा कमल थापाले सहमति जनाउने र पुहशपति समशर राणाले हिन्दूराष्ट्रमा जानेगरि एकता हुन लागेको छ । राष्ट्रिय अध्यक्ष राणा र पार्टी अध्यक्ष थापा हुनेछन् । दुवै दलका नेताले छलफलमा धेरै विषयमा सहमति भएको राणाले जानकारी दिए ।

 राप्रपा र राप्रपा नेपालले एक महिना अघिबाट पार्टी एकीकरण प्रक्रिया अगाडि बढाएका थिए । एकीकरण प्रक्रियालाई मूर्त रुप दिन दुवै पार्टीका वार्ता समितिले तीन साता पहिले सैद्धान्तिक र प्राविधिक उपसमिति समेत गठन गरेका थिए ।

दुवै उपसमितिले आ आफ्नो काम टुंग्याइसकेको वार्ता समितिका संयोजकहरुले बताएका छन् । राप्रपा नेपाल र राप्रपामा पंचायती पृष्ठभूमिका नेताहरु छन् । राप्रपा नेपाल ८ वर्ष पहिले राप्रपा टुक्रिएर गठन भएको पार्टी हो ।

 

यसमा तपाईको प्रतिक्रिया