ल हेर्नुस तपाइँ हामीले चुनेका प्रतिनिधि सांसद: सरकारले १ लाख ८५ हजार बढी तलब दिदापनि भन्छन-“यति ले त घर खर्च नै धानिदैन”

काठमाडौं , व्यस्थापिका संसदका सदस्यले तलब भत्ता र सुविधाबापत सरकारले मासिक एक लाख ८५ हजार बढी पारिश्रमिक दिने व्यवस्था गरेपनि कटु आलोचना गरेका छन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधान सम्बन्धी बिधेयक, २०७३ मार्फत सांसदको पारिश्रमिक हालको भन्दा दोब्बर गराउने उदेश्यले सोमबार सदन समक्ष प्रस्ताव गर्दा उनीहरुले आलोचना गरेका हुन्।

हाल व्यवस्थापिका संसदका सदस्यका लागि संसद सचिवालयले मासिक करिब ९७ हजार पारिश्रमिक दिने गर्छ। नयाँ विधेयक पारित भएमा यो सुविधा वृद्धि गरी एक लाख ८५ हजार सात सय पुग्‍नेछ। संघिय संसदका सांसदले पाउने सुविधा संघिय संसदको हैसियतमा काम गरिरहेको हालको व्यवस्थापिका संसदका सदस्य र पदाधिकारीहरुले समेत पाउँछन्।

फाइल फोटो

फाइल फोटो

व्यवस्थापिका संसदको सोमबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्य समेत भएकी सांसद कमला पन्तले अधिकृतस्तरको निजामति कर्मचारीले गाडीको धुलो उडाउँदै सडकमा हिँड्दा सांसद भने त्यही सडकको धूलो खाएर हिंड्न बाध्यता भएको दुखेसो पोखिन्। उनले हाल बढेको सुविधाले सांसदको घर खर्च नै धान्‍न नसक्ने तर्क गरिन्।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की सांसद रुक्मणी चौधरीले २० वर्षपछि बढाइएको सांसदको तलब भत्ता पनि यति थोरै? भनेर प्रश्न गरिन्। उनले भनिन् ‘बरु सांसदलाई बस्‍न र यातायातको प्रबन्ध सरकारले गरोस् हामी एक रुपैयाँ पारिश्रमिक लिँदैनौं।’ कांग्रेस सांसद बुद्धिराम भण्डारी, प्रेमकिशोर प्रसाद साह, फोरम लोकतान्त्रिकका सांसद डा. सुवोधकुमार पोखरेल र जनजागरण पार्टीका लोकमणी ढकालले हाल वृद्धि गरेको सुविधाले एउटा सांसदले जीवन धान्‍न नसक्ने दुखेसो पोखे। उनीहरुको सामूहिक माग थियो ‘हामीलाई सुविधाको नाममा पैसा चाहिँदैन, सरकारले बस्‍न क्वाटर र यातायात सुविधाको व्यवस्था गरोस्।’

संसदमा पेश भएको विधेयक पारित भएमा हालका सांसदहरुले मासिक पारिश्रमिक ५५ हजार, आवास सुविधा, दैनिक भत्ता दुई हजार पाँच सय, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, विजुली धारा दुई हजार, बैठक बसेको दिन यातायात खर्च एक हजार र बैठक भत्ता पाँच सय प्राप्त गर्नेछन्।  सांसदको लागि संसद सचिवालयले गर्ने खर्चमा अधिकृत सो सरहको तलब भत्ता बापत आफ्नो स्वकिय सचिवलाई रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ। स्वकिय सचिवको तलब ३१ हजार पाँच सय निर्धारण गरिएको छ। हाल सांसदका पीएको तलब सांसदकै खातामा उपलब्ध गराउने व्यवस्था गरिएको छ। तर, यो विधेयक पारित भएमा पीएको तलब पीएकै खातामा जानेछ।

Loading...

यसमा तपाईको प्रतिक्रिया