कांग्रेस को गुटगत छताछुल्ल राजनीति: १० बर्ष पछी तरुण दलले पायो जितजंग बस्नेत अध्यक्ष, अन्य पदमा ४ गुटका ४ जना सर्वसम्मत

tarun-dalकाठमाडौं । नेपाल तरुण दलको नयाँ नेतृत्व चयनमा पार्टी नेताहरुको मनपेट मिलेसँगै नेतृत्व चयन प्रक्रियाको टुङगो लागेको छ ।

नेपाली कांग्रेसको तीन नेताहरुले सर्वसम्मतीमा सहमतिमा नेता चयन गरेसँगै  नयाँ नेतृत्व चयन टुङगो लागेको हो ।

कांग्रेस सभापति देउवाले जीतजंग बस्नेतलाई  अध्यक्ष बनाउने भएका छन ।  उपाध्यक्षमा सिटौला पक्ष र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षले पाउने भएका छन् । भने  महासचिवमा  पौंडेल पक्षले पाउने भएको छ ।

निर्वाचित पदाधिकारीहरुको घोषणामात्र हुन  बाँकी छ । आज  ४ बजे पदाधिकारीहरुको नामावली सार्वजनिक गरिने भएको छ ।
बल्लतल्ल एक दशपछि तरुण दलको महाधिबेशन सफल भएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया