जर्मनी सपिङ गर्न जान्थिन् सुजाता १ लाख ८० हजारको ब्याग, ८० हजारको चस्मा, ३३ हजारको पर्स , हैसियत राख्ने सुजताको वास्तविक सम्पत्ति कति ?

naya-sujata

काठमाडाैं । राजनीतिक नेतृत्वले झिना मसिना कुराहरुको लागि ¥याल चुहाए भने समग्र राजनीतिक नेतृत्व प्रति नै जनताले घृणा गर्न थाल्छन् ।

त्यसो त राजनीति भनेको विसुद्ध जनताको सेवा गर्नको लागि गरिन्छ भन्ने मानक बनाइएको छ । तर, राजनीतिलाई राज्यकोषको लुट गर्ने माध्यम बनाइयो भने देशको राजनीति मात्रै विग्रदैन, स्वयंम नेतृत्व नै घृणाको पात्र बनिदिन्छन् ।

नेपाली राजनीतिको केन्द्रको वरिपरि रहेपनि घृणाको पात्र बनेकी छिन्–सुजाता कोईराला । पूर्व प्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर पुरुष मानिएका स्व. गिरिजा प्रसाद कोइरालाकी एक मात्र सुपुत्री सुजाता कोईरालाले आफ्नो क्यान्सर परिक्षणको लागि राज्यकोषबाट ५० लाख लिएपछि चौतर्फी विरोध भएको छ ।

sujata-kinmel

सामान्य जनताले उपचार नपाएर मर्नु पर्ने अवस्था आइरहँदा उनलाई भने रोग लागेकै आशंकाको भरमा आधा करोड दिने निर्णय गरेको भन्दै सामाजिक सञ्जालदेखि चियापसलसम्म सरकारी निर्णय र सुजाता कोईरालाको आलोचना चुलिएको छ । सुजाताको कुनै समयको सपीङ कहाँनी सुन्नु भयो भने तपाईं छक्क पर्नुहुनेछ ।

तस्बिर गिरिश गिरीकाे फेसबुकबाट साभार गरेका हाैँ ।

यसैबीच उनले कुनै समय लगाएको चस्मा र व्यागको मुल्य समेत भेटिएको छ । जर्मनबाट एक पत्रकारले उनीबारे लेखेको खबरमा उनको भव्य सपिङबारे उल्लेख गरिएको छ । उल्लेखित समाचार अनुसार सुजाता कोइरालाले जर्मन पुगेर १ लाख ८६ हजारको व्याग किनेकी थिइन् । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको कार्यकालको समयमा उनी जर्मनी पुग्दा यस्तो सपिङ गरेको समाचारमा उल्लेख गरिएको छ । समाचारमा जनाइए अनुसार उनले ६० हजारको चस्मा र ३४ हजारको पर्स खरिद गरेकी थिइन् ।

उनको किनमेल कुनै राजकुमारी भन्दा कम थिएन । युरेपेली र अमेरिकी धनाढ्यहरुले सामान खरिद गर्ने जर्मनी स्थित म्युनिखको व्यस्त बजारमा उनले सपिङ गरेकी थिइन् ।

फेसन ब्रान्ट गुच्चीमा सामान्य लाग्ने तर निकै महँगो ब्याग खरिद गरेकी सुजाताले ब्याख खरिदको लागि झन्डै एक घण्टा त पैदलै हिँडेकी थिईन् । उनले किनेको हाते ब्यागको मुल्य एक हजार ५ सय ६० युरो थियो । अर्थात त्यतिबेला १ लाख ३७ हजार नेपाली रुपैयाँ पर्ने व्याग उनले बोक्थिन् । अहिलेको मुल्य अनुसार हेर्ने हो भने त एक लाख ८० हजारको ब्याग उनले बोक्थिन् । सोही पसलमा उनले ३ सय ९५ रुपैयाँमा लेडिज पर्स पनि किनेकी थिइन् । जतिबेलाको नेपाली रेट थियो,–३३ हजार ७ सय रुपैयाँ अर्था हालको हिसाबमा ४३ हजार २ सय २७ रुपैयाँको पर्स । जुन नेपालीको औषत आयभनदा डेढ गुणा बढी पनि थियो । दुई दिने जर्मन बसाईको क्रममा उनले अर्को महंगो पसल प्रि अप्टिकबाट ६ सय ६२ युरोमा सन ग्लास पनि किनेकी थिईन् । जसको तत्कालिन मुल्य ६० हजार नेपाली हुन्थ्यो भने हालको मुल्य ७७ हजार चार सय ६३ रुपैयाँ हुन आउँछ ।

उनले किनेको गुचि असाध्यै महँगो ब्रान्ड हो । जतिबेला यो ठूलो फेसन समेत थियो । १८ औं शताब्दिमा एक इटालियन छाला व्यापारीद्वारा स्थापित यो ब्रान्ड त्यतिबेला ठूलो फेसन ब्रान्ड बनेको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया