सार्वजनिक भएन प्रधानमन्त्रीको सम्पत्ति बिवरण, प्रधानमन्त्री प्रचन्डले नै सार्बजनिक नगर्नु भनेको प्रधानमन्त्री कार्यालयले गर्यो खुलासा!

pm-ko-sampatiकाठमाडौं । प्रधानमन्त्री प्रचण्डका पुत्र तथा स्वकिय सचिव प्रकाश दाहालले प्रवक्ता दामोदर रेग्मीलाई प्रधानमन्त्री कार्यलयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक किन नगरेको ? भन्दै झपारेको केही दिन नबित्दै प्रधानमन्त्री प्रचण्डको ठाडो निर्देशनमा उक्त विवरण सार्वजनिक नभएको खुलासा हुन आएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा सहसचिवको जिम्मेवारी सम्हाल्दै आएका प्रवक्ता रेग्मीलाई स्वकिय सचिव दाहालले किन अहिलेसम्म सम्पत्ति विवरण वेवसाइटमा सार्वजनिक नगरेको भन्दै हकारेका थिए ।

प्रधानमन्त्रीज्यूले किन सम्पत्ति लुकाउन चाहनुभयो त्यो त थाहा भएन तर प्रधानमन्त्री प्रचण्ड ज्यूको अनिच्छाकै कारण सम्पत्ति विवरण सार्वजनिक नभएको  प्रधानमन्त्री कार्यलय स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री कार्यलयमा सबै मन्त्रीज्यूहरुको सम्पत्ति विवरण आइसकेको छ । मन्त्रिपरिषदले विवरण सार्वजनिक गर्ने निर्णय गरेलगत्तै हामी सार्वजनिक गर्छौँ तर मन्त्रिपरिषदले निर्णय गरेको छैन । यसअघि कतिपय मन्त्रीको नियुक्ति भएको ६० दिन नपुगेका कारण ढिला भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको तीन महिना कटिसक्दापनि उनीसहित २४ मन्त्रीले अहिलेसम्म सम्पत्ति विवरण पेश नगर्नूलाई गम्भीरतापूर्वक हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

यसमा तपाईको प्रतिक्रिया