पूर्वराजा ज्ञानेन्द्र शाह अचानक चीनमा, उच्चस्तरीय भेटघाट जारी

raja 5
काठमाडौं, ३० कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाह चीनमा देखिएका छन् ।

६ दिनअघि सिंगापुर प्रस्थान गरेका शाह त्यहाँबाट भारत जाने कार्यक्रम रहेको भनिएको थियो । तर, उनी भारतको सट्टा चीन पुगेका हुन् ।

निर्मल निवास स्रोतका अनुसार सिंगापुरबाट दुई दिनअघि चीन पुगेका शाहले सोमबार चीनमा उच्चस्तरीय भेटघाट गरेका छन् । उनको भेटघाटलाई महत्वका साथ हेरिएको छ । को–कोलाई भेटे भन्ने खुल्न सकेको छैन् ।

पछिल्लो समय राजनीतिक दलहरुप्रति आक्रामक बोल्ने शाह राजसंस्था फर्काउने कसरतमा लागेको बताइन्छ ।

 

यसमा तपाईको प्रतिक्रिया