म्याच फिक्सिंग प्रकरण पछी १ बर्ष नपुग्दै नेपाली फुटबलले ३ उपाधि भित्र्याई सकेको छ, यसको श्रेय दिनु पर्ने एसएसपी सर्बेन्द्र खनाल लाइ हामि भुल्दै त छैनौ?

football-winnerकार्तिक ३०, नयाँबाटो काठमाडौ। म्याच फिक्सिंग प्रकरण पछि नेपाली फुटबल टिमले लगातार तेस्रो उपाधि हात पार्न सफल भएका छन्।
एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरुका लागि एसियाली फुटबल महासंघ (AFC) द्वारा आयोजित सोलिडारिटी कप नेपाली टिमले ११ महिनायता जितेको लगातार तेस्रो उपाधि हो । जनवरी, २०१६ मा राष्ट्रिय टिमले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो भने नेपालको यू–२३ ले फेब्रुअरीमा गुवहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक हात पारेको थियो ।bangabandhu-winnernepal-win-goldafc-winner

काठमाडौ प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा गत वर्ष खेल अरोपिहरुलाई तह लगाएपछिको नतिजा हो यो। कुनैबेला फुटबल प्रेमीहरुको नेपाली फुटबल प्रति विश्वास घट्दै गएको थियो, गत ११ महिना यता नेपाली फुटबल टिमले कमाएको प्रतिष्ठा प्रति हरेक नेपालीले गर्व गर्न थालेका छन्। यी सबै श्रेयका पात्र हुन एसएसपी सर्वेन्द्र खनाल। जय नेपाल !!

यसमा तपाईको प्रतिक्रिया