कान्छी छोरीका कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणमा ढिलाई !

kusum-bhandari

 मंसिर १  कान्छी छोरी निशाकुसुम भण्डारीको विवाहका कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणमा ढिलाई हुने भएको छ । आगामी माघ ३ गते राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको मिति तय भइसकेको छ । जसका कारण राष्ट्रपति भण्डारीको भारत भ्रमण फागुन महिनामा धकेलिएको छ । यसअघि गत वैशाखमै तय भएको राष्ट्रपति भण्डारीको भारत भ्रमण आन्तरिक राजनीतिक कारण स्थगित भएको थियो ।बुधबार साप्ताहिकमा खबर छ । छोरीको विवाह हुने भएपछि राष्ट्रपति भण्डारीले पुस महिनाभर कुनै पनि कार्यक्रम नराख्न आफ्नो सचिवालयलाई निर्देशन दिएको शीतलनिवास स्रोतले बतायो । पूर्वराष्ट्रपति डा। रामवरण यादवकी भतिजी किरण यादवका छोरा अभिषेक यादवसँग राष्ट्रपति भण्डारीको छोरीको टीकाटालो भइसकेको छ । असोजको अन्तिम साता राष्ट्रपति निवासमै भएको टीकाटालोमा एमाले अध्यक्ष केपी ओलीबाहेक पार्टीका कोही नेतालाई निम्ता गरिएको थिएन । एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग जीप दुर्घटनामा परी निधन भएका तत्कालीन एमाले संगठन विभाग प्रमुख जीवराज आश्रितकी माया ज्ञवालीलाई भने टीकाटालोमा निम्ता गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया