भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी फेल, अस्पताल भर्ना

 

sushma-swaraj-kailash-mansarovar

एजेन्सी, १ मंसिर–भारतीय विदेशमन्त्री सुष्मा स्वराज किड्नीको समस्याले अस्पताल भर्ना भएकी छिन् । उनले आफ्नो किड्नी फेल भएर अस्पताल भर्ना भएको सामाजिक सञ्जालमा जनाएकी छिन् । ट्वीटर मार्फत किड्नी फेल भएको बताउँदै उनले भगवान कृष्णसँग सञ्चो बनाइदिन आशिर्वाद मागेकी छिन् ।

ट्वीटमा लेखिएको छ, ‘म एम्स अस्पतालमा छुँ । मेरा मिर्गौला खराब भएका छन् । किड्नी प्रत्यारोपणका लागि परीक्षण भइरहेको छ । भगवान कृष्ण मलाई आशिर्वाद देऊ ।’  उनको उपचार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)मा भइरहेको छ । उपचारमा प्रोफेसर बलराम एरन नेतृत्वको चिकित्सकको टोली संलग्न छ ।

susama-kitni-fel

 

 

 

यसमा तपाईको प्रतिक्रिया