नेपालको सीमा नाकामा भारतको कडा निगरानी, किन यस्तो अलर्ट ?

birganj-1

काठमाडौं, १ मंसिर । भारतीय पक्षले नेपाल-भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाएको छ ।

भारतमा १००० र ५०० दरका भारु नोटमाथि प्रतिबन्ध लागेपछि पाकिस्तानी जासूसी संस्था आइएसआइले नेपालको बाटो हुँदै नक्कली भारतीय नोट भारत पुर्‍याउन थालेको भन्दै सीमा नाकामा कडाइ गरिएको हो ।

जसले नेपालमा रहेका वैध भारतीय नोटसमेत खेर जाने खतरा बढेर गएको छ ।

पाकिस्तानबाट नेपालको बाटो हुँदै नक्कली नोट ओसार-पसार हुन लागेकाले लागि ४८ घण्टासम्म कडा निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको खबर भारतीय च्यानल आजतकको अनलाइन संस्करणमा छ ।

आइएसआइले नक्कली नोट हाल कम मूल्यमा भारतीय बजारमा बेच्न थालेको छ । यसअघि पाकिस्तानबाट नेपाल हुँदै भारत पुर्‍याएको नोट भारतस्थित एजेन्टले प्रति एकलाख ५०/६० हजार रुपैयाँमा पाउँथ्यो । अहिले त्यो दर २५/३० हजारको हाराहारीमा छ ।

आइएसआइले नक्कली नोट र आफूसँग रहेको कालोधन सकेसम्म बैंकिङ सिस्टममा ल्याउन पहल गरिरहेको दावी समाचारमा गरिएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया