५० लाख लिएको विरोधमा सुजताकै गृहजिल्ला मोरङमा स्थानिय सडकमा उत्रिए

उर्लाबारी, १ मंसिर ।  स्तन क्यान्सबाट पिडित भएकी नेपाल काँग्रेसकी नेतृ सुजाता कोइरालालाई उपचार खर्चबापत सरकारले दिएको ५० लाखको विरोधमा उनकै गृहजिल्लामा मोरङमा स्थानियबासी सडकमा उत्रिन थालेका छन् । सो को विरोधमा बुधबार जिल्लाको उर्लाबारीमा स्थानियबासीले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् । कोईराला मोरङ जिल्लाबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद् हुन् ।

 आफै भरिपूर्ण भएका देशका विशिष्ट व्यक्तिहरुद्वारा कालोधनको रुपमा देशको ढुकुटी रित्याउँने काम भएको भन्दै त्यसको विरोधमा बुधबार उर्लाबारीका स्थानिय युवाहरुले बिरोध रियाली निकालेका हुन् । र्यालीमा सहभागीहरुले आफै सम्पन्न रहेकी काँग्रेस नेतृ कोईरालालाई राज्य कोषबाट ५० लाख रुपैया दिएको विरोधमा स्थानियबासीको तिब्र आक्रोश थियो । उर्लाबारीको चिउरामिलबाट निस्किएको विरोध रियाली वरगाछी चोक हुँदै उर्लाबारी चोकमा आईपुगेर कोण सभामा परिणत भएको थियो । रियालीमा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतितिधि, समाजसेवी लगायत आमसर्वसाधारणको सहभागिता रहेको थियो ।

urlabari

रियाली पछिको कोणसभामा बोल्ने अधिकांशले वर्तमान परिस्थितीमा देश नाजुक अवस्थामा गज्रिरहेको बेला सरकारले कालोधनको रुपमा उपचार खर्च वापत ५० लाख दिएको भन्दै त्यसको विरोध गरेका छन् । सहभागीहरुले भूकम्प पिडितहरु अझैपनि पालमुनि बालबच्चासहित चिसोमा रात काट्न बाध्य रहेकोमा सरकारको ध्यान नगएको भन्दै आक्रोश पोखेका थिए । भुकम्प पिडितलाई राहत दिन नसक्ने सरकारले आफैमा भरिपूर्ण भएका देशका विशिष्ट व्यक्तिहरुलाई राज्यको ढुकुटीको दुरुपयोग गरेको भन्दै त्यसको विरोध स्वरुप ¥याली निकालीएको स्थानिय युवा निरज तिम्सिनाले बताए । विरोध र्यालीको युवासंघ उर्लाबारी वडा नम्बर ४ कमिटिले अगुवाई गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया