आईजीपी फाल्ने खेलमा लाग्दा खरेल झपारिए, के–के भयो खेलामा झेल !

काठमाडौं, २ मंसिर । नेपाल प्रहरीमा चर्चामा आइरहने ‘सेलिब्रेटी’ एसएसपी रमेश खरेल पनि आईजीपी उपेन्द्रकान्त अर्याललाई फाल्ने खेलमा लागेर विवादमा तानिएका छन् । एक बर्षका लागि पी फोर तहको कमाण्डरको रुपमा सुडानको डार्फर पुगेका खरेल अहिले भने विदामा नेपाल आएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । यहि बेला उनी आईजीपी उपेन्द्रकान्त अर्यालाई फाल्ने खेलमा एआईजी राजेन्द्रसिहं भण्डारीसँग कुम जोडेर नेताहरुकहाँ पुगेको खबर बाहिर आएपछि उनी विवादमा मुछिएका हुन् । गत साता उनी एआईजी भण्डारीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका थिए । स्रोतका अनुसार त्यतिखेर खरेलले नेपाल प्रहरीमा कुनै पनि राम्रा आईजीपी बनेनन्, एआईजी भण्डारीलाई आईजीपी बनाउँदा संगठन बलियो हुन्छ भन्दै देउवालाई दिएको सुझावले प्रहरीमा निकै चर्चा पाएको छ । खरेल एआईजी भण्डारीसँग मिलेर आईजीपी फाल्ने खेलमा लागेको कुरा थाहा पाएपछि आईजीपी अर्यालले भने केही दिन अघि मात्र कार्यकक्षमा नै बोलाई खरेललाई कारबाहीको चेतावनी दिएको स्रोतको भनाई छ । यसभन्दा अघि आईजीपी अर्यालसँग निकै राम्रो सम्बन्ध बनाएका खरेल भविश्यमा आईजीपी नबन्ने अवस्था देखेपछि एआईजी भण्डारीलाई आईजीपी बनाई ‘एस म्यान’ बनेर काम गर्न खोजेको पनि प्रहरीमा चर्चा छ । भण्डारी र सुरेन्द्रबहादुर शाहसहितका एआईजीहरु आईजीपीको कार्यकाल तीन वर्षे बनाई आईजीपी बन्न अझै पनि लविङमा लागेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने एक टेलिभिजनमार्फत अहिले आईजीपी फाल्ने कुनै योजना नभएको स्पष्ट पारिसकेका छन् । आईजीपी फाल्ने खेलमा लागेका खरेल काम कम गरी हल्ला बढि गर्ने र चर्चामा आइरहने प्रहरी अधिकारी हुन् । यसअघि उनले चर्चामा आउनकै लागि आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै एक अनलाईनमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अनलाईनमार्फत विना सन्दर्भ र विना प्रमाण प्रहरीमा राजनीतिक हस्तक्षेप र घुसखोरी बढेको अभिव्यक्ति दिएपछि तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेत खरेलमाथि कारबाही गर्ने मनस्थितिमा पुगेका थिए । तर, त्यतिखेर उनलाई आईजीपी अर्यालले नै जोगाएका थिए । प्रतिस्पर्धीले गरेका राम्रँ कामले खरेललाई निन्द्रा नलागेपछि कहिले ज्यान मार्ने धम्की आएको त कहिले आईजीपी फाल्ने खेलमा लागेर उनले थप चर्चा र बद्नाम कमाईरहेको प्रहरीमा विश्लेषण हुन थालेको छ । बामदेब गौतम गृहमन्त्री हुँदा डिआइजी बढुवामा ब्रिफकेसको खेल भएको अभिव्यक्ति दिएपछि खरेलमाथि प्रहरी मुख्यालयले छानविन गरेको थियो । त्यसो त उनले २०५४ सालमा आईजीपी रहेका आफ्ना काका नाता पर्ने अच्युतकृष्ण खरेललाई स्याक गरिएको प्रसंग निकाल्दै तत्कालिन गृहमन्त्री बामदेव गौतमप्रति आक्रोश समेत व्यक्त गरेका थिए । तर, तिनै काका अच्युतकृष्णका चेला अर्याललाई फाल्ने डिजाइनमा लागेर किन काकाकै शत्रु ध्रुबबहादुर प्रधानको पथमा खरेल पुग्दैछन् रु एक डिआईजी नै प्रश्न गर्छन् । त्यसो त खरेल पहिलो पटक काठमाडौंको प्रहरी प्रमुख हुँदा चर्चा र विवादमा पनि आए । दोहो(योएर काठमाडौंको प्रमुख हुने अवसर पाएका उनी विवादास्पद अभिव्यक्ति दिएकै कारण ४ महिनामै हटाइएका थिए । 

यसमा तपाईको प्रतिक्रिया