कमल थापा पनि लोकमान कै बिरुद्दमा: ओली-प्रचण्ड भेटमा प्रचण्ड ले गरे ओली संग सनसनीपूर्ण खुलासा

prachand-kamal-thapa
काठमाडौं  मंसिर २ राप्रपा नेपालका अध्यक्ष कमल थापा निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध ब्यवस्थापिका संसदमा उभिने खुलासा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार प्रधानमन्त्री दाहालले यस्तो खुलासा गरेका गरेका हुन् ।

दाहाल र ओलीबीच ब्यवस्थापिका संसदमा ४५ मिनेट विशेष संवाद भएको थियो । संवादका क्रममा दाहालले संविधान संशोधन र अख्तियार प्रमुख लोकमान विरुद्ध दर्ता महाअभियोग प्रस्तावमा सघाउन तयार भएको बताएका छन् । ‘संविधान संशोधन र महाअभियोगमा सघाउन कमलजी तयार हुनु भएको छ, तपाईले पनि भेरीफाई गर्नुहोला’ दाहालले ओलीलाई भने ‘तपाई पनि संविधान संशोधनका पक्षमा उभिनु परयो, धेरै हठ गरेर बस्न भएन ।’

दाहालले संविधान संशोधन र महाअभियोगमा सघाए राप्रपा नेपाललाई सरकारमा लिन आफु तयार भएको समेत ओलीलाई बताए । ओली निकट स्रोतका अनुसार दाहालले पहिले संविधान संशोधनको बिषयलाई टुंगोमा पुरयाएर मात्र महाअभियोग प्रस्तावका पक्षमा लाग्नु पर्ने बताए ।

प्रधानमन्त्री दाहाललाई मधेस केन्द्रीत दलले १५ दिने अल्टिमेटम दिइसकेका छन् । अल्टिमेटम लगतै उनी संविधान संशोधनका  लागि आबश्यक पर्ने संसदको गणित जुटाउन कस्सिएका छन् । प्रतिपक्ष दल एमालेलाई फकाउन दाहालले ओलीसँग बुधबार भेट गरेका हुन् ।

तर ओलीले भने दाहालको प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । दुई नेताबीच छलफलको सुरुवातका निकै घोचपेच चलेको थियो । ‘अन्तमा छलफल भने शान्तिपूर्वक नै चल्यो’ स्रोते भन्यो । पहिले संविधान संशोधनको बिषयलाई पार लगाउन दाहालले राखेको प्रस्तावलाई ओलीले अस्वीकार गरिदिएका छन् । उनले पहिले महाअभियोगको बिषयलाई पार लगाउन आग्रह गरेका छन् । ‘तपाईको कुरा मैले पत्याउने हो भने कमलजी आउँदा महाअभियोगको प्रस्ताव पार लगाउन कुनै अप्ठेरो छैन, सजिलो बिषय पहिले टुंग्याउनु पर्छ’ ओलीले भने ‘त्यसपछि संशोधनको तपाईको बिषय के हो ? छलफल गर्न सकिएला ।’

ओलीले संविधान के र कुन धारा संधोधन गर्नुे हो त्यसको पूर्ण र लिखित प्रस्ताव दिन दाहाललाई आग्रह गरेका छन् । ‘कसैलाई खुसी पार्न भन्न वित्तिक्कै संविधान संशोधन हुँदैन, आबश्यकताका आधारमा हुन्छ, राष्ट्रलाई के अप्ठेरो परयो लिखितरुपमा प्रस्ताव ल्याउनुुस् छलफल गरौला’ ओलीले भने ।

 

Loading...

यसमा तपाईको प्रतिक्रिया