शुक्रबार रातीदेखि शनिबारसम्म टेलिकमको मोबाइल सेवा अवरुद्व हुन सक्ने

काठमाडौं– नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिन लागिएको छ ।
टेलिकमले एक सूचना जारी गर्दै सो कार्य गर्नका लागि शुक्रबार रातीदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस , वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने जनाएको छ ।

साथै टेलिकमले शनिबार कम्पनीका सबै ग्राहक केन्द्रहरु तथा विल भुक्तानीलगायतका कार्यहरु समेत बन्द हुने जनाएको छ ।
fullscreen-capture-11172016-21645-pm

यसमा तपाईको प्रतिक्रिया