उर्जा राज्य मन्त्रीले किन तिरे २ हजार ९२ रुपियाँ जरिवाना ?

bhagat-mantiri
रौतहट, ३ मंसिर । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् ।

चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको बक्यौता रकम बिहीबार प्राधिकरणको प्रशाखा कार्यालयमा बुझाएका हुन् ।

विद्युत् महसुल समयमा नबुझाएका कारण राज्यमन्त्री भगतले दुई महिनामा दुई हजार ९२ रुपियाँ जरिवाना तिरेका छन् ।

ऊर्जा राज्यमन्त्री भगतले आमनागरिकसरह प्राधिकरणमा महसुल बुझाउन आएको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले महसुल तिर्नु नागरिकको कर्तव्य भएको र आफू पनि एक नागरिक भएकाले जरिवानासहित महसुल बुझाएको बताए ।

यसैबीच, उनले रौतहटका सबै क्षेत्रमा हुकिङ हटाउन निर्देशन दिएका थिए ।

 

यसमा तपाईको प्रतिक्रिया