बिजुली चोरी गर्ने उद्योगहरुको चर्का चर्का राष्ट्रिय नारा- “हामि बनाउछौ नेपाललाई”

maruti-cementएउटा सबल र इमान्दार नेतृत्वले गर्न चाहे के नहुँदो रहेछ र ? कर्मचारीहरुको मिलेमतोमा विद्युत चोरी गर्ने पल्केका ठूला उद्योगीलाई ठेगान लगाउने योजनाा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुगेसँगै यस्ता चोरी गरी उद्योग चलाउन पल्केकाहरु सार्वजानिक भएका छन ।
सर्वसाधारण उपभोक्तालाई मारमा पारेर विद्युत प्राधिकरणका हाकिमले कसरी उद्योगपतिहरुलाई कमिसनका आधारमा विजुलीको कालोबजारी गर्दै आएका थिए भन्ने कुराको प्रमाण विद्युत प्राधिकरणकै एक अनुसन्धानले देखाएको छ ।विद्युत विकास विभागका  श्याम सुन्दर श्रेष्ठ संयोजक रहेको समितिले १४ वटा उद्योगहरुले विद्युत चोरी गरेको तथ्य फेला पारेको छ ।

श्री बाबा जुट मिल्स, रघुपति जुट मिल्स, कमला रोलिङ मिल्स, शिवम् प्लाष्टिक इण्डष्ट्रीज, हुलास वायर इण्डष्ट्रीज, रिलायन्स स्पीनिङ मिल्स, पशुपति सिमप्याक, एशियन थाई फुड्स, मैनावती स्टील इण्डष्ट्रीज, अरिहन्त मल्टिफाईबर्स, अरिहन्त पोलीप्याक, रिलायन्स स्पीनिङ्ग मिल्स, निगाले सिमेन्ट उद्योग, मारुती सिमेन्ट उद्योग लगायतका छन ।

मारुती सिमेन्ट उद्योगको लगानीकर्ता नन्द किशोर राठी हुन । उनी यस्का अलवा एनएमबी बैंक र कुमारी बैंकका समेत प्रमोटर हुन । सबै भन्दा विद्युत चोरी गर्ने मारुती सिमेन्टले आफ्नो उद्योगको नारा भने हामी बनाँउछौं नेपाललाई बनाएको छ ।

यस्तै अर्काे विद्युत चोर्ने चाउचाउ उद्योग एशियन थाइ फुठ्सका प्रमुख अमित र राठी हुन । अर्काे विजुली चोर कम्पनी बाबा जुटमिलका प्रमुख प्रकाश मुन्दडा हुन उनी मोरङ व्यापार संघका महासचिव समेत रहिसकेका व्यक्ति हुन । अर्काे विद्युत चोर कम्पनी हो शिवम प्लास्टिक उद्योग । जुन उद्योगमा लगानीकर्ता बासु गोल्यान हुन ।

 

यसमा तपाईको प्रतिक्रिया