अंगिकृत नागरिकताको बिरोध गर्ने सच्चा मधेसी जनताका अनेरास्ववियु पूर्वनेता भन्छन- “वारिपारी बिहेवारी बन्द गर्दिउ अंगिकृत को टन्टै साफ”

saroj३ मंसिर । अंगीकृत नागरिकवालाले संवैधानिक निकायको उच्च पदमा पुग्न पाउनुपर्ने माग केही मधेस केन्द्रित दलहरुले गरिरहेका बेला त्यसको सबैभन्दा बढी विरोध मधेसबासीले नै गरेका छन् । उनीहरु अंगीकृत नागरिकतावालाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख वा मुख्यमन्त्री बनाउने कुराको विरोधमा देखिएका छन् ।

त्यसरी विरोध गर्नेमा युवाहरुको संख्या अझ बढी देखिएको छ । धेरैले सामाजिक सञ्जालमार्फत समेत त्यसको विरोध गरेका छन् । यसरी विरोध गर्नेमा अनेरास्ववियुका पूर्वनेता सरोज यादव पनि देखिएका छन् । उनले खुलेरै त्यसको विरोध गरेका छन् र भनेका छन्– ‘मैले धेरै नेपाली चेलीहरु, जो छिमेकी मुलुक भारतमा विवाह गरेका थिए । तिनको दुःखकष्ट देख्दा पीडा हुन्छ । उनीहरुले ज्यानै गुमाउनु पर्नेसम्मका पीडाबाट प्रताडित भएको देखेको छु ।’

उनले थुप्रै पुरुष मित्रहरु जसले भारतीय केटीसँग विवाह गरेको र घरबार नै बिग्रेको वा सम्बन्ध विच्छेद भएको घटनाबाट समेत आफू जानकार भएको उल्लेख गरेका छन् ।  ‘तसर्थ मेरो विचारमा वारिपारी विवाहवारी नै अन्त्य गर्दा वैवाहिक अंगीकृतलाई राष्ट्रको उच्च पदमा राख्नुपर्ने कुराको टन्टै साफ,’  उनले भनेका छन्, ‘अंगीकृत नागरिकले वंशजसरह समान अधिकार प्राप्त गर्ने कुरा मुर्दावाद । यो सम्पूर्ण विदेशीका लागि चाहे भुटानी, फिलिपिनी, अमेरिकी, छिमेककै कुमाउ, गढवाल, सिक्किम, दार्जिलिङ जहाँको भए पनि सबैमा समान लागु हुनुपर्छ ।’
उनले भारतीयसँग वैवाहिक सम्बन्ध गाँस्ने कुरालाई समेत मुर्दावाद भनेका छन् । ‘मलाई पनि पारीबाट विवाहको प्रस्ताव आएको थियो, तर मेरो उत्तर ‘नो नेभर’ ।’

यसमा तपाईको प्रतिक्रिया