सांसदहरु को तलब चारगुणा सम्म बृद्दी हुदै, मासिक तलब मात्र १ लाख ३० हजार पुर्याउने प्रस्ताब!

काठमाडौं, ३ मंसिर-व्यवस्थापिका संसदमा पेस भएको ‘ संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’ सम्बन्धी यिवधेयकमा कांग्रेस एमाले र माओवादीले चारगुणासम्म सुविधा बृद्धिको प्रस्ताव गरेका छन् ।

तीन दलका ११ सांसदको संयुक्त हस्तारक्षरसहित बिहीबार दर्ता गराएको संशोधन प्रस्तावमा सांसदको सुविधा चारगुणासम्म थप गर्न प्रस्ताव गरिएको  छ ।

सांसदहरुको तलब र सुविधा बृद्धि गर्न संसदमा दर्ता भएको संशोधन विधेयक ‘विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकत भइसकेको छ ।

सो विधेयकमा संशोधनका लागि दिइएको ७२ घण्टेसमय सकिने अन्तिम दिन उनीहरुले सुविधा तप बृद्धि हुनेगरी प्रस्ताव दर्ता गराएका हुन् ।दर्ता भएको संशोधन प्रस्ताव हुबहु पारित भए अब एकजना सांसदले पारिश्रमिकबापत मासिक १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन् । जसमा अन्य भत्ता सुबिधा थप गर्दा १ लाख ८५ हजार बढी पुग्ने बिज्ञ हरुले बताएका छन। 

 

यसमा तपाईको प्रतिक्रिया