नेपाल-भारत सीमामा धमाधम साटीन्छन ५००/१००० का भारु, तर खुसि नहुनुहोस- ५०० भारुको पाउनुहुन्छ जम्मा २५०/३०० नेपाली रुपैया मात्र!

500-1000काठमाडौं, ३ मंसिर-भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् ।

महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही गर्नेहरुले पाँच सयको नोट लिएर त्यसको आधा रकम दिने गरेका छन् ।

रकम नसाटिने डरले नेपालीहरुले आधा दाममा पनि भार साटिँदा राहत भएको स्थानीय ललन झाले बताए । उनले सात हजार भारु आधा दाममा साटेका थिए । सीमाक्षेत्रका सटही कारोबारीले भारतीय बैंकहरुमा लामो लाइन बसी रकम रकम खुद्रा गरी ल्याई त्यसलाई दोब्बर फइदा लिई बिक्री गर्ने गरेका छन् । 

 

यसमा तपाईको प्रतिक्रिया