“नेकपा एमाले हैसियतमा रहुन्जेल चुनाव हुन्न कि भन्ने शंकै नगर्नुस” -पुर्व-प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, ४ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि शक्तिले चुनाव टार्न नसक्ने वताएका छन् । एमाले काठमाडौंले नेपाल सम्बतका अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै ओलीले एमाले हैसियतमा रहुन्जेल कसैले पनि चुनाव टार्न नसक्ने वताए । 

‘तपाईंहरुलाई चुनाव हुन्छ कि हुँदैन भन्ने लागिरहेको होला, चुनाव नगर्ने प्रयास गरिरहेका छन्’ ओलीले भने, ‘तर, यस देशमा एमाले रहुन्जेल चुनाव हुँदैन कि भन्ने शंका नगर्नुस् । चुनाव हुन्छ, चुनावपछि के हुन्छ म अहिल्यै भन्दिनँ ।’ 

नेपालको सामाजिक र सांस्कृतिक सम्पन्नतालाई कमजोरीका रुपमा दुरुपयोग गर्न खोजिएको ओलीको भनाई थियो । ‘हाम्रो देश सामाजिक र सांस्कृतिक विविधताले सम्पन्न छ तर, सम्पन्नतालाई कमजोरीका रुपमा दुरुपयोग गर्ने प्रयास भइरहेको छ’ ओलीले भने, ‘दुर्भाग्य हामी विकासमा पछि पर्यौं । विकासमा डोर्याउने सरकारलाई केही समयका लागि हटाउन सफल भएका छन् ।’

 
तर, देशलाई विकासमा डोर्याउने आफ्नो सरकार केही समयका लागि हटाउन सफल भए पनि सधैंका लागि यो सम्भव नभएको ओलीको विश्लेषण थियो । ‘देशलाई डोर्याउने सरकार केही समयका लागि हटाउन सकिएला’ ओलीले भने, ‘सधैंका लागि सकिंदैन ।’ उनले एमाले कुनै समारोहमा पाएको ‘टोकन अफ लभ’ जस्तो पार्टी नभएर संघर्षबाट स्थापित र हैसियत भएको पार्टी रहेको पनि वताए । ‘यो टोकनअफ लभले बनेको पार्टी होइन’ ओलीले भने, ‘संघर्षले स्थापित पार्टी हो, यसको हैसियत छ ।’ 

 

यसमा तपाईको प्रतिक्रिया