चिनसँगको पारवहन ‘प्रोटोकल’ मस्यौदामा सहमति, होला त चीनसँग पनि भारतसँगजस्तै व्यापार ?

काठमाडौं, ४ मंसिर । नेपाल र चीनबीच हस्ताक्षरित पारवहन सम्झौताअनुसार तयार हुनपर्ने ‘प्रोटोकल’ को प्रारम्भिक मस्यौदामा शुक्रबार सहमति जुटेको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ – चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा शुक्रबार सकिएको नेपाल चीन सहसचिवस्तरीय बैठकमा पारवहन सम्झौताअनुसार तयार हुनपर्ने प्रोटोकल को प्रारम्भिक मस्यौदामा सहमति जुटेको ल्हासाका लागि नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले बताए । पारवहन सम्झौता कार्यान्वयनका लागि नेपाल र चीनबीच बिहीबार र शुक्रबार छलफल भएको थियो । छलफल सकारात्मक रहेको कार्कीले बताए । पारवहन सम्झौताअनुसार नेपालले चीनको कुन समुद्री बन्दरगाह प्रयोग गरी तेस्रो देशसँग व्यापार गर्न पाउने भन्नेबारेमा ठोस छलफल नभएको कार्कीले बताए । पूर्ववर्ती केपी ओली सरकारका पालामा चीसँग पारवहन सम्झौताको प्रोटोकलको प्रारम्भिक फ्रेमवर्क मस्यौदा चीन र नेपालबीच पहिलो चरणमा आदानप्रदान भएको थियो । उक्त प्रोटोकलअनुसार नेपालले कुन समुद्री मार्ग उपयोग गर्ने भन्ने विषयमा नेपालले वार्तामा ठोस धारण राख्न नसकेको सहभागीले बताए । 

यसमा तपाईको प्रतिक्रिया