मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना, दुईको मृत्यु, तीन घाइते उद्धारमा जुटे कमल थापा

kamal-le-gare-udar
मंसिर ४ मकवानपुरको भीमफेदीमा एउटा निजी सवारीसाधन दुर्घटनाग्रस्त भएको छ ।
सडकबाट गाडी भीरमा खसेको देखेपछि त्यहाँबाट हेटौडा तर्फ जाँदै गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र उनका साथमा रहेका सुरक्षाकर्मीहरु तत्कालै उद्धारमा खटिएका छन् । बा ३ च ९२८९ नम्बरको निजी गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
 
थापाका सहयोगी टेकराज शाहीले घाईतेहरुको अवस्था चिन्ताजनक रहेको बताए । उनले भने ‘ अध्यक्ष ज्यु आफैले घाईतेहरु बोक्नु भयो । हामीर्ला पनि उद्दारमा लाग्न भन्नुभयो ।’

 

यसमा तपाईको प्रतिक्रिया