नेकपा (एमाले) निकट: अनेरास्ववियुको विवाद मिल्दै, दुबै समुह सहमति नजिक

nabina-lama

मंसिर ४ ।अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद टुंगोमा पुग्ने देखिएको छ ।  पार्टीले अनेरास्ववियुको कार्य विभाजनसम्बन्धी विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिए पनि विवाद अझै नमिलेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले आज जानकारी दिएका छन् । यद्यपि लामाले भने विवाद मिल्दे दिशातिर गएको दावी गरेकी छिन् ।

विवाद मिलाउन पटक–पटक बैठक बसे पनि मिल्न नसकेको बर्तौलाको भनाइ छ । विवादका कारण महाधिवेशन भएको आठ महिना भएपनि अखिलका सचिवालय र केन्द्रीय सदस्यको कार्यविभाजनले पूर्णता पाउन सकेको थिएन ।

अनेरास्ववियुको विधानअनुसार १५ विभाग हुने व्यवस्था भए पनि अध्यक्ष नवीना लामाले २२ विभाग गठन गरेको भन्दै अर्को पक्षले विवाद सुरु गरेका हुन् । अध्यक्ष लामाले विवाद मिलिसकेको भन्दै महासचिव ऐन महर बाहिर रहेकाले पूर्णता दिन नसकेको बताइन् । ‘बाइसवटा विभागबाट विधानअनुसार १५ विभागमा झारेर विवाद मिलाइएको छ,’ उनले भनिन्– ‘अब चाँडै पदाधिकारी बैठकबाट कार्य विभाजनको विवाद मिलाउँछौँ ।’ अध्यक्ष लामाले सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्य विभाजन भएपछि पदाधिकारी र प्रदेशको विभाजन गरिने बताइन् ।

यसमा तपाईको प्रतिक्रिया