चकलेट जसरी नागरिकता बाँड्न एमालेले दिदैन– अध्यक्ष केपी शर्मा ओली

kp-oli-4-768x363
बुटबल, ४ मंसीर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चकलेट बाँडे जस्तै नागरिकता बाँड्न नसकिने बताएका छन् । बुटबलमा भएको कार्यक्रममा उनले प्रचण्ड नेतृत्वको सरकारले मिल्ने भए बोर्डरमै नागरिकता बांड्न डेक्स राख्ने भन्दै त्यस्तो हुन नसक्ने बताए । उनले
सरकारले असन्तुष्ट मधेशबादी दलको माग सम्बोधन गर्ने नाममा केटाकेटीलाई चक्लेट बाँडे जस्तै गरी सीमा पारी भएजतिलाई नागरिकता वितरण गर्न खोजेर नहने बताए ।
अध्यक्ष ओलीले मधेसका नाममा आन्दोलन गरेकाहरुले भन्दैमा अंगीकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख मान्न नसकिने बताए । निर्वाचनका लागि आवश्यक कानुन नबनाएर खाली संविधान संशोधन भनेर नहुने भन्दै उनले प्रदेश नम्बर ५ लाई टुक्राउन नदिने समेत बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया