मोर्चाको सहमतिबिना संविधान संशोधन गर्नाको औचित्य छैन : पुन

pun-2

उर्लाबारी ( मोरङ), ५ मंसिर । नेकपा माओवादी केन्द्र का नेता वर्षमान पुनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन गर्नाकाे औचित्य नहुने बताएका छन् ।

प्रेस सेन्टर नेपाल मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चासँग समयमै सहमति नभए पनि सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेर भने अगाडि बढ्ने उनको भनाइ छ ।

चैत मसान्तसम्ममा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बाध्यता भएकाले सहमतिका लागि हरसम्भव प्रयास हुने तर सहमति नजुटे मुलुकलाई निर्वाचनविहीन बनाउन नसकिने उनले स्पष्ट गरे ।

 

यसमा तपाईको प्रतिक्रिया